OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०८० सुर्खेत
३४१ पटक

२८ कात्तिक २०८०, मंगलबार

नेपाली हिन्दुहरुको दोस्रो महान् पर्व तिहार (दिपावली)को रमझम सहरदेखि गाउँमा बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितहरुको उपचारमा ब्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्राडा.मुुनिराज क्षेत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितहरुको उपचार गरिरहेको छ ।

उहाँसँगै डा.ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यलेसहित जाजरकोट र रुकुमपश्चिमका प्रभावित जिल्लाका पीडितहरुलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर संकट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ । यसपालिको तिहार भूकम्पपीडितहरुको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उहाँले बताउनुभयो ।

“हामी एक सातादेखि पीडितहरुकको उपचार सेवामा तल्लिन छौं,” उहाँले भन्नुभयो, “अब नलगाडपछि रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा जाँदैछौं ।” यस अघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुपश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्राडा.क्षेत्री जनाउनुभयो ।

उहाँका अनुसार उपचार सेवा प्रवाहबाट प्रत्यक्ष परोक्ष गरेर करिब तीन हजार भूकम्पपीडितहरु लाभान्वित भएका छन् । “भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसोले दम, निमोनिया र रुघाखोकीका बिरामी बढ्ने खतरा छ,” उहाँले भन्नुभयो, “खानेपानी, शौचालयको अभावले वातावरणीय प्रदुषण बढ्ने र त्यसले रोग निम्तिने समस्या पनि त्यत्तिकै देखिएको छ ।”

यसको सामना कसरी गर्ने भन्ने कुरामा तीनै तहका सरकारहरुले दीर्घकालीन रणनीतिक योजना बनाउन आवश्यक रहेको डीन क्षेत्रीको भनाई छ । उहाँका अनुसार नागरिकहरुको स्वास्थ्यमा आईपर्ने संकट निवारण कसरी गर्नेमा प्रतिष्ठानले पनि आफ्नो योजना बनाएर अगाडि बढ्ने छ ।

बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी दुई पचास भन्दा बढी घाईते भएका थिए । एकसय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्