OnlinePana

आज : २०८२ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २४, २०८०
१५१८ पटक

कात्तिक २४ गते । भारतको व्याङलोरमा श्रीमान् बागबहादुर कामीले छोडेर अलपत्र परेकी जुम्ला गुठिचौर गाउँपालिका ३ कि देवकी सुनारको सकुशल उद्दार भएको छ ।  भारतीय मिडिया ग्लोबल गोरखा टाईम्समा आफुलाई गुठिचौर ३ निवासी श्रीमान बागबहादुरले अलपत्र पारेको भिडियो सार्वजनिक भएपछि नेपाल ल्याउन पहल गरिएको थियो ।

मिडियामा देवकी भारतमा अलपत्र अवस्थामा रहेको भन्ने खबर पछि परिवारको आग्रहमा पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीको पहलमा ईण्डिया किन नेपालका संयोजक ईन्द्रराज भट्टराई सहितको टिमले भारतस्थित नेपाली दुतावासको निगरानीमा देवकीलाई जहाजमा वेङलोरबाट दिल्ली हुदै रुपेन्देहीको भैरवा विमानस्थलमा ल्याईएको थियो । देवकी अहिले भैरवा हुदै गृह जिल्ला जुम्ला पुगेर माईति घर चन्दननाथ नगरपालिका वडा नम्बर ९ सिंगाचौरमा पुगेकी छन् ।
जुम्ला पुगेकी देवकीले भारतमा गएपछि श्रीमानले आफुलाई त्यही छोडेर ३ बर्षको बच्चा समेत खोसेर ल्याई अमानवीय व्यवहार गरेको बताईन । उनले कैयौ दिन कुटपिटगरेर भारतमा पनि घरेलु हिंसा गरेको, कैया दिन वेचिदिन्छु भनेर तनाव दिएको अन्तिममा आफुलाई छोडेर भागेपछि आफु दैलेखको एक दिदीको साहारमा ग्लोवल गोरखा मिडिया टाईम्सको शरणमा पुगेको बताईन ।

जुम्ला पुगेकी देवकीले घटना सम्झेर भक्कानिदै यदि दिलमाया शाही र ईन्द्रराज भट्टराई जस्ता व्यक्ति नभईदिएको भए मेरो अवस्था के हुन्थ्यो थाहा छैन भनिन । आफु माईतिघर जुम्लामा पुग्दा नयाँ जीवन पाएको बताईन ।

आफुले भारतीयभाषा नवुझ्ने भएकाले धेरै समस्या भएको अवस्थामा भारतमा सहयोग गर्ने ति दैलेखकी दिदी सहितलाई धेरै सम्झिएको बताईन । देवकीको आमा निली कामीले अर्काको ठाउँमा अलपत्र छोरी घर पुरयाईदिन सहयोग गर्ने पत्रकार महासंघ जुम्लाको उपाध्यक्ष दिलमाया शाही सहित महासंघको टिमलाई धन्यवाद दिईन । देवकीका अनुसार श्रीमान् बागबहादुरले अर्की श्रीमति लिएर आफुलाई छोडेर भारतबाट फरार भएको बताईन ।

https://fb.watch/oeLqu9xk4M/

प्रतिकृया दिनुहोस्