OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २४, २०८०सुर्खेत
१७८ पटक

 

२४ कार्तिक २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले भूकम्प पीडितहरुलाई एकसातामा ६० प्रतिशत राहत वितरण गरिएको बताउनुभएको छ ।

भूकम्पमा परेकाहरुको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्प पीडितहरुलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलिसम्म सबै पीडितहरुले राहत प्राप्त गर्नेछन् । “भग्नावशेषमा परिणत भएका घरका पीडितहरुलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्ने भयो,” उहाँले भन्नुभयो, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तन लगायतका बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकोले राहतको परिमाण बढाउनुपर्ने तर अहिले अप्रयाप्त भएको छ ।”

त्यसको सँगसँगै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा रु.दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै उहाँले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट रु.एक करोड र एनसेलबाट रु.५० लाख जम्मा भएको जनाउनुभयो । प्रवक्ता जिसीका अनुसार विश्व खाद्य कार्यक्रम, युनिसेफल, रेडक्रसलगायतका सहयोगी निकायहरुको नेतृत्वमा राहत सामग्री वितरण र ढुवानीका कामहरु भइरहेका छन् ।

यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पका कारण दर्जनौको मृत्यु भएको थियो भने सयौं घरहरु ध्वस्त भएका थिए । राहत वितरणपश्चात् जाजरकोट तथा रुकुमपश्चिमका विस्थापित नागरिकहरुको पुनःस्थापनामा जोड दिने मन्त्री जिसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्