OnlinePana

आज : २०८१ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २४, २०८०जुम्ला,
३२५ पटक

कार्तिक २४ गते । भुक्म्पले प्रभावित भई विछिप्त भएको जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलिले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ ।

कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डाक्टर ओम प्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्य सहितको ६ जनाको टिम अहिले जाजरकोटमा छ । जाजरकोटमा भुकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श मार्फत सान्तोना दिन, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डीन क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिम गाउँबस्तिमा गएर, स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण गर्न थालेको जानकारी दिनुभयो । कर्णाली प्रतिष्ठानको जनस्वास्थ्यको टिम अहिले जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ३ मा भुकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिन थालेको हो ।

कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले यहाँ मानिसहरुको भुकम्पले प्रभावित भएका कारण स्वभाविक रुपमा मनोवल घट्ने बताउदै यसमा सक्दो परामर्श गर्दै जाने काम भएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रमा प्रथामिक मनोवैज्ञानिक परामर्श, सामुहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको बताउनुभयो । टोलीले सवै भन्दै बढि प्रभावित क्षेत्र वडा नम्बर १ मा पनि पुग्ने बताएको छ ।
प्रतिष्ठानको टोलीले अमेरिकन नेपाल मेडिकल फाउण्डेसनले सहयोगमा आधारभुत स्वास्थ्य सामग्री, हाईजिन किट ( सावुन, बु्रस, तुतपेष्ट, सेनिटरी प्याड, पानीमा हाल्ने प्यूस) समेत प्रभावितलाई वितरण गर्दै गएको छ । डीन प्रा.डा क्षेत्रकोे टोली जाजरकोटको मुख्य प्रभावित क्षेत्रहरुमा घरदैलो र गाउँ पुगेर रुकुमको आठविस तिर जाने योजना रहेको बताउनुभयो । उहाँले जाजरकोट र रुकुमको प्रभावित क्षेत्रमा जनस्वास्थ्यको अल्पकालिन र दिर्घकालिन स्वास्थ्य सम्वन्धी समस्याको सामाधान गर्न लागि पर्ने छ ।

जाजरकोट जनस्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी कृष्णबहादुर केसीका अनुसार अहिले जनस्वास्थ्य परामर्श र मनोपरामर्श निकै आवश्यक रहेको बताउनुभयो । उहाँले भुकम्प प्रभावित क्षेत्रमा ४ वटा टोली खटिएको अवस्थामा कर्णाली प्रतिष्ठानको डीन सहितको जनस्वास्थ्यको टोली नलगाड नगरपालिकाको मुख्य प्रभावित क्षेत्रमा गएको बताउनुभयो । उहाँले प्रतिष्ठानको अर्को चिकित्सकको टोली जाजरकोट पुगेर उपचार सहित अन्य स्वास्थ्य समस्यामा समन्वय सहकार्य गरि खटिएर ठूलो सहयोग गरेको बताउनुभयो ।

उपकुलपति सहितको टिम फर्कियो : 

भुकम्पले प्रभावित जाजरकोटका घाईतेलाई उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातलका उपकुलपति डाक्टर मंगल रावल, शिक्षाअध्यक्ष डाक्टर डबलसिंह धामी सहितको चिकित्सकको टोलीले जाजरकोटमा पुगि उपचार गरेर फर्किएको छ । प्रतिष्ठानको पदाधिकारी टिम त्यहाँ पुग्दा जाजरकोट अस्पतालमा विशेषज्ञ सेवाका लागि आवश्यक सामग्री जुटाउन सरकार सँग माग गरिएको र जनशक्ति कर्णाली प्रतिष्ठानले उपलब्ध गराउने छलफल पनि भएको उपकुलपति रावलले जानकारी दिनुभयो । जनस्वास्थ्य सेवा कार्यालय जाजरकोटका सुचना अधिकारी केसीका अनुसार भुकम्पबाट यस पटक आएको भुकम्पबाट १०२ जनाको ज्यान गएको र १३८ जना अस्पतालको रेकर्डमा घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस्