OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २४, २०८०जुम्ला,
७२४ पटक

कात्तिक २४ गत । जुम्लामा सञ्चालन भएको एकलाख एक हजार राशीको वडाकप प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिका ३ ढाँडथपालाले हाशिल गरेको छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा दशै र तिहारको अवसरमा संचालित खेलकुद प्रतियोगितामा आयोजक वडा नंः ४ लार्ई हराउदै वडा नम्बर ३ ले फाईनलमा उक्त पुरस्कार राशिको कप हात पारेको छ । प्रथम स्थान हाँसिल गर्ने खेलाडीलाई कप, प्रमाण सहित एकलाख १ हजार ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

द्वितीय स्थान आउन सफल वडा नम्बर ४ लाई कप सहित ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । फुटबल प्रतियोगितमा ३० वटा टिम सहभागी भएका थिए । कुल ३० वटा टिमको सहभागिता रहेको वडा कपबाट छनोट हुँदै दुईवटा टिम फाइनलमा पुगेका थिए । गत कात्तिक ११ गतेबाट शुरु भएको उक्त फुटवल खेलकुद प्रतियोगितामा चन्दननाथ नगरपालिका ३ र ४ वडाका टिम फाइनलमा पुगेका हुन ।  फाईनल खेलको पहिलो हाफमै चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले २ वटा गोल हान्न सफल भएको थियो । दोस्रो हाफमा भने गोल नभएपछि वडा नम्बर ३ को बिजय घोषणा गरिएको थियो ।

खेलको समापनमा प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, प्रदेशसभा सांसद देवेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे सहितका अतिथिहरुले शुभकामना दिनुका साथै फुटवल प्रतियोगिता थप व्यवस्थित रुपमा संचालन गर्न सवै जुट्नुपर्ने बताएका छन् । जुम्लामा फुटवल खेललाई प्रथामिकता दिन तथा खेलाडीको स्तरबृद्धिका लागि खेल आयोजना गरिएको आयोजक चन्दननाथ नगपालिकाका अध्यक्ष नवराज देवकोटाले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्