OnlinePana

आज : २०८१ बैशाख ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,कार्तिक २३, २०८०जुम्ला,
५२४ पटक

कात्तिक २३ गते । ईलाका प्रशासन कार्यालय सिञ्जाका ३ वटा स्थानीय सरकार र ईलाका प्रशासन कार्यालय विचमा सिंजा क्षेत्रको विकास, समृद्धि र ईलाका प्रशासनले दिने सेवा प्रवाह थप सुदृढका विषयमा समन्वयात्मक वैठक गरिएको छ ।

ईलाका प्रशासन कार्यालय जुम्लाको आयोजनामा सिंजा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका विचमा समन्वयात्मक वैठक सम्पन्न छ । ईलाका प्रशासन कार्यालयका प्रमुख रेश्मा बुढाक्षेत्रीका अनुसार ईलाका हरेक २ महिनाको एक पटक वैठक बसेर हरेक विषयमा छलफल गर्ने, राष्ट्रिय परिचयपत्र सिञ्जाबाट वितरण गर्न सम्वन्धित निकायमा पहल गर्ने, ईलाका प्रशासन कार्यालय व्यवस्थापनका लागि तिनैवटा स्थानीय तहले आ आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गर्ने विषयमा निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

जुम्लाको ३ वटा गाउँपालिका अर्थात सिञ्जा दराका नागरिकहरुलाई नागरिकता वितरणमा सहज हुने उद्देश्यले सिञ्जा क्षेत्रमा ईलाका प्रशासन कार्यालय सञ्चालन हुदै आएको छ । ईलाकाबाट नागरिकता वितरण गरिने भएपनि राहादानीका लागि सदरमुकाम आउनुपर्ने वाध्यात्मक अवस्था भएकाले राहादानी सिंजाबाटै वितरण गर्न पहल गर्ने निर्णय भएको हो ।

सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार सिञ्जामा स्थानीय सरकार सहितको उपस्थितिमा पहिलो पटक ऐतिहासिक वैठक भएको छ । यस्ता बैठकहरु नियममित हुन आवश्यक रहेको छ । उहाँका अनुसार ईलाका प्रशासन कार्यालयको सेवा प्रवाह विषयमा, विकास निर्माणका कामहरुमा समन्वयको विषयमा, स्थानीय शान्ति सुरक्षा कायम राख्ने बिषयमा पनि छलफल भएको छ ।

नागरिकता वितरण सुचारु : 

ईलाका प्रशासन कार्यालयका प्रमुख बुढाका अनुसार दशै र तिहारको विचमा मात्रै २९५ जनाले नागरिकता प्रदान गरेका छन् । गत कार्तिक १५ देखी हाल सम्म मात्रै सो नागरिकता नागरिकले लिएका छन् । अधिकृत स्तरको दरवन्दी भएको सो ईलाकामा अधिकृत नआएको र सुब्बाको कायम मुकाम समय अवधि सकिएका कारण २ महिना सम्म नागरिकता वितरण स्थगित भएको थियो । नागरिकता हस्ताक्षर गर्न सेवाग्राहीहरु जिल्ला सदरमुकामहरु जनुपर्ने भएपछि मन्त्रालयले अधिकृत रेश्मा वुढा क्षेत्रीलाई पठाएपछि सिञ्जा क्षेत्रमा अहिले धमाधम नागरिकता वितरण शुरु भएको छ ।

 

प्रतिकृया दिनुहोस्