OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २०, २०८०सुर्खेत
२१६ पटक

२० कात्तिक २०८०, सोमबार

यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट एक सय ५७ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त भूकम्पबाट नौ सय १० पूर्ण र दुई हजार आठ सय ६१ भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पमा परी दुई सय ४६ जना घाईते भएका छन् ।

घाईतेहरु मध्ये एक सय ४६ जना उपचारपश्चात् घर फर्किसकेका छन् । तरपनि कर्णाली सरकारले खोज, उद्धार र राहतका कामलाई निरन्तरता दिएको छ । यसमा कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रिपरिषद्का सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा खटिएर काम गरिरहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खोज, उद्धार र राहतका कामहरु सकेपछि भूकम्पबाट विस्थापितहरुको पुनस्र्थापनाका कार्यक्रमलाई अगाडि बढाउन तीव्र तयारी गरिनेछ ।

आज सोमबार बिहानैदेखि मुख्यमन्त्री राजकुमार शर्मा प्रभावित क्षेत्र जाजरकोटमै हुनुहुन्छ । उहाँले आवश्यकता अनुसार प्रभावित क्षेत्रका अन्य जिल्लाहरुमा समेत सक्रिय हुने जनाउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह शनिबारदेखि जाजरकोटमै सक्रिय रहनुभएको बताइएको छ ।

यता आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल सुर्खेतमा बसेर आवश्यक राहत संकलनदेखि आपूर्ति व्यवस्थापनलगायतका काममा यता निरन्तर लागिरहनुभएको छ । उहाँले शनिबारदेखि सुर्खेत विमानस्थलमा रहेर प्रभावित क्षेत्रका लागि आवश्यक राहत सामग्री एकद्वार प्रणालीमार्फत् जिल्लामा पठाउने काम भइरहेको जनाउनुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा रुकुमपश्चिम र सल्यानमा खटिएर काम गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ । जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्मा उर्जासहित खानेपानी लगायतका कामहरुमा प्रभावित क्षेत्रमै खटिएर काम गर्ने प्रदेश सरकारका प्रवक्ता एवं कानूनमन्त्री जिसीले बताउनुभयो । उक्त मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त खानेपानीका योजना मर्मत गर्नेछ ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका ध्वस्त भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने कार्यमा सक्रिय हुनेछ । त्यसमा उद्योग, पर्यटन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसीले आवश्यक सहयोग गर्नुहुने बताइएको छ । प्रभावित क्षेत्रका लागि विभिन्न निकाय तथा क्षेत्रबाट रकम संकलन हुँदै गरेको र प्रदेश सरकारले छुट्ट्याएको रकम केही दिनभित्र सम्बन्धित पालिकामा पठाइने प्रवक्ता जिसीले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्