OnlinePana

आज : २०८१ बैशाख ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक १९, २०८०जुम्ला,
१६० पटक

कात्तिक १९ गते । जाजरकोट र रुकुमका भूकम्प पिडितलाई राहात स्वरुप जिल्लाको तातोपानी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले निर्णय गरेर रु १० लाख आर्थिक सहयोग गर्ने जानकारी गरेको छ । यसैगरी जुम्लाको सिँजा गाउँपालिकाले रु एक लाख रुपैया सहयोग गर्ने बताएको छ । तातोपानी गाउँपालिका र सिँजा गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै राहात प्रदान गर्ने बताएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले विपतमा सहयोग समन्वय गर्ने मानवीय सहयोग हुने भएकाले गाउँपालिकाले सो निर्णय गरिएको बताउनुभयो ।
जिल्लामा शोकसभा :
यसैगरी भुकम्प पिडितका लागि जिल्लामा शोकसभा समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा सरोकारवाला निकायले जाजरकोट केन्द्र बनाएर आएको भुकम्पले ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा शोकसभा मनाएको हो ।
यसैगरी जिल्लामा वसेको विपत व्यवस्थापन समितिको वैठकले मृतकलाई श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको स्वास्थ्यलाभको कामना गरिएको छ । यसैगरी भुकम्प पिडितको राहात तथा उद्दारका लागि एकद्धार प्रणालीबाट शुरु गरिने र जुम्ला जिल्लामा भएको क्षेतिको विवरण यथासिघ्र संकलन गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपतमा एकिकृत रुपमा राहात तथा उद्धरामा सहयोग गर्न अपिवल गरिने बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले आपत विपतमा सानो सानो सहयोगले काम गर्ने भएकाले सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

 

 

प्रतिकृया दिनुहोस्