OnlinePana

आज : २०८१ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १९, २०८०जुम्ला ।
१५६ पटक

कात्तिक १९ गते, जुम्लामा विरामी वोकेर ल्याएको अटो दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार हिमा गाउँपालिका १ देवारगाउँका अटो चालक अन्दाजी ४५ बर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ बर्षका वलि रोकायाको देवारगाउँबाट बजार आउने क्रममा बड्की गाउँको सड्कबाट अटो दुर्घटना भई मृत्यू भएको छ ।

प्रहरीका अनुसार अटोमा सवार अन्दाजी ४०,४१ बर्षको नन्द रोकाया घाईते भएका छन् । घाईतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण तर्फ पठाईएको स्थानीयले जनाएका छन् ।

वडा नम्बर १ बड्की गाउँको नाग्म गमगडि राजमार्गबाट राति दुर्घटना भएको र कसैले थाहा नपाई विहान मात्रै जानकारी भएको प्रहरीले जनाएको छ । दुर्घटना जानकारी नहुदा रातभर चिसोले घाईतेलाई झन असर भएको स्थानीय बताउछन् । घटनास्थलमा प्रहरी विहान पुगेको र अहिले प्रहरी निरीक्षक उमेश चन्द्धको टोली त्यस क्षेत्रतिर लागेको छ ।

प्रतिकृया दिनुहोस्