OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १८, २०८०काठमाडौं
१५३ पटक

१८ कार्तिक २०८०, शनिबार

गए रातिको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको छ । दुई जिल्ला गरी ९९ महिला र ५८ जना पुरुषहरुले यसबाट ज्यान गुमाएका हुन् ।

भूकम्पबाट जाजरकोटले सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको छ । उक्त भूकम्पबाट जाजरकोटमा महिला ७२ र पुरुष ३३ गरी एक सय पाँच जनाको मृत्यु भएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । त्यसैगरी रुकुमपश्चिमका २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार घटनामा एक सय ६६ जना घाइते भएका छन् । जसमा जाजरकोटका २३ र रुकुमपश्चिका आठ जनाको नेपालगञ्ज भेरी अस्पताल तथा जाजरकोटकै १३ जना र रुकुमपश्चिका आठ जना घाईतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिँदैछ । रुकुमपश्चिका सात जनाको काठमाडौं शिक्षण अस्पताल र बाँकी सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको बताउँदै उहाँले उपचारपश्चात् पाँच जना डिस्चार्ज भएको जनाउनुभयो ।

मन्त्री जिसीले भन्नुभयो, “घटनामा स्थानीय तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपकरणसहित खोज तथा उद्धारको काम गरिरहेको छ । यता संघ तथा प्रदेश सरकारले घटनास्थलमा खटाएका स्वास्थ्यकर्मी एवं चिकित्सकहरु पनि घाईतेहरुको उपचारमा लागि परेका छन् ।” विभिन्न सरकारी निकाय, गैर सरकारी संघ÷संस्था र दातृ निकायहरुलाई सहयोगको लागि अपिल गरिएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस्