OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १८, २०८०सुर्खेत
१६८ पटक

१८ कार्तिक २०८०, शनिबार

कर्णाली प्रदेश तिलक परियारले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज एक शोक वक्तव्य जारी गर्नुभएका प्रदेश प्रमुख परियारले भूकम्पबाट ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले शोक वक्तव्यमा भन्नुभएको छ, “खोज, उद्धार तथा उपचारका लागि सक्रियताका साथ यथाशीघ्र घटनास्थलमा पुग्ने तीनै तहका सुरक्षा तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।”

घटनास्थलमा पुगेर अध्ययन गरी मातहतका निकायहरुलाई पीडितहरुको खोज, उद्धार तथा उपचार गर्न निर्देशन दिने र सरकारको अभिभावकत्व प्रदान गर्ने प्रधानमन्त्री प्रचण्ड, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्री, सांसद तथा जनप्रतिनिधि सबैप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ । पीडितहरुलाई क्षतिपूर्ति, राहत तथा उपचारमा शीघ्र सहयोग गर्नसमेत प्रदेश प्रमुख परियारले सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्