OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १८, २०८०
२४१ पटक

 

१८ कार्तिक २०८०, शनिबार

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्य कार्यलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रका दुवै जिल्लाको उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय, सहकार्यका साथै सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । मन्त्री जिसीले भन्नुभयो, “अहिले तत्काल प्रभावित क्षेत्रमा मेडिकल टोली पठाइएको छ । हामी राहत सामग्री तत्काल पठाउँदै छौं । अपुग भएमा थप खरिद गर्ने गरी निर्णय पनि गरेका छौं ।”

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरबेसमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको बताउँदै उहाँले विपद् प्रतिकार्यका लागि सरकारले शोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था मिलाइएको पनि जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्