OnlinePana

आज : २०८१ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १६, २०८०जुम्ला,
२३९ पटक

कात्तिक १६ गते । जुम्लामा वालविवाह विरुद्धको जिल्ला संजाललाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला संजाल जुम्ला आयोजना गरेको कार्यक्रममा संजालमा आवद्ध संस्थाहरु तथा वालविवाहको विरुद्धमा सरोकार राख्ने निकायहरुलाई सजाल गठनको उद्देश्य, काम कर्तब्य र अधिकारका बिषयमा अभिमुखीकरण गरिएको छ ।

बालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीका अध्यक्ष तथा आवाजका कार्यकारी निर्देशक पवित्रा शाहीले कर्णालीमा वालविावहको अवस्था, महिला तथा वालवालिका अधिकार, पैरवी, वहश लगायतका बिषयमा सहजीकरण गर्नु भएको छ ।

सञ्जालका कर्णाली अध्यक्ष पवित्रा शाहीले वालविवाह विरुद्धको सञ्जाल लुज फोरुमको रुपमा स्थापना भएको र यसको सञ्जाल कर्णाली प्रदेशभरी गठन भएको बताउनुभयो । उहाँका अनुसार वालविवाह विरुद्धको सवालमा विभिन्न तवरबाट काम गर्दै आएका संघ सस्था यसमा आवद्ध भएका छन् ।

कर्णालीमा वालविवाह झन बढ्दै गईरहेको समयमा अभियान मार्फत सचेतना आवश्यक रहेकोले प्रदेश स्तरीय कार्यविधि तयार पारि अभियान शुरु गरिएको अध्यक्ष शाहीले बताउनुभयो । जनगाणना २०७८ अनुसार कर्णालीमा ७२।५० प्रतिशत वालविवाह रहेको र सवैभन्दा बढि रुकुम, ७१।०६ प्रतिशत, दैलेख ७०।प्रतिशत, सल्यान ६९।६७ प्रतिशत, जुम्लामा ६९ प्रतिशत रहेको वालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला संजालले अव वालविवाह विरुद्धमा सरोकारवाला निकाय सँग समन्वय तथा पैरवि गर्ने भएकोछ । जिल्ला संजालले रणनिति बनाएर अगाडि बढ्ने जिल्ला संयोजक दिलमाया शाहीले बताउनुभयो । वालविवाहले जीवनमा सवैभन्दा बढी असर गर्ने भएकाले यसको न्यूनिकरणमा सवैको जोड आवश्यक रहेको बताउनुभयो । चन्दननाथ नगरपालिका बालकल्याण अधिकारी पुष्पा थापाले अस्पतालमा सुत्केरी हुने आधा आमाहरु वालिका रहेको बताउदै नगरपालिकाले लागु औषध दुव्र्यसनी सहित वालविवाह विरुद्दका कार्यक्रममा जोड दिईएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्