OnlinePana

आज : २०८३ जेठ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १५, २०८०जुम्ला,
९०१ पटक

जुम्ला / कार्तिक १५ गते । स्वर्गिय दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार विजय रावतलाई प्रदान गरिएकाेछ ।                         राससमा कार्यरत  पत्रकार रावतलाई रू १० हजारकाे चेक एक कार्यकममा विच वितरण गरिएकाेछ । ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई, ताताेपानी गाउँपालिका वडा नं ६ अध्यक्ष विशाल खड्का , नेपाल पत्रकार महासंघ शाखा  जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही सहित अतिथिहरूले चेक हस्तान्तरण गर्नु भएकाे छ । जुम्ला ताताेपानी गाउँपालिका ६ निवासी पत्रकार  शुभाकर विश्वकर्माका पिता दिपबहादुरकाे सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरि पुरस्कार वितरण गरिएकाे छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले याे कार्यले पत्रकारलाई उर्जा दिएकाे बताउनु भयाे  । उहाले धन मात्रै नभएर मन भएकाले यस्ताे काम गर्ने बताउनु भयाे । उहाले निति नियमले समेटेमा गाउँपालिकाले सहयाेग गर्ने प्रतिवद्दता जनाउनु भयाे । पत्रकार महासंघ शाखा जुम्ला अध्यक्ष नेत्रबहादुर शाहीले पत्रकारलाई हाैसला दिने काम गर्नु भएकाेमा धन्यवाद ज्ञापन गर्दै यसलाई  निरन्तरता दिन आवश्यक रहेकाे बताउनु भयाे ।गत बर्ष स्वर्गिय दिपबहादुर स्मृति पुरस्कार  क्रियाशिल पत्रकार सागर परियारलाई साे पुरस्कार वितरण गरिएकाे थियाे । राससमा कार्यरत पत्रकार विजय रावतले यस बर्षकाे प्रेस काउन्सिल क्रियाशिल यूवा पुरस्कार पनि प्राप्त गर्नु भएकाे छ ।

प्रतिकृया दिनुहोस्