OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १५, २०८०काठमाडौं
१७५ पटक

१४ कात्तिक २०८०, मंगलबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि अस्पतालबीच सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बीच मंगलबार महत्वपूर्ण सम्झौता सम्पन्न भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति डा.मंगल रावल र सनवे मेडिकल हेल्थ केयर ग्रुपका तर्फबाट प्रेसिडेन्ट डा.लाउ बेन लोङ्गले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि ठूलो सहयोगी बन्ने बताउनुभयो ।

यता प्रतिष्ठानका उपकुलपति डा.रावलले सबैभन्दा दुर्गममा रहेको मेडिकल कलेजको विकासमा दुई स्वास्थ्य संस्थाबीचको सम्झौताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले उच्चतम प्रविधिले मेडिकल कलेज विकासमा सहयोग पुग्नुका साथै प्रतिष्ठानका जनशक्ति र मलेसियाका जनशक्तिबीच एकआपसमा सहकार्यको हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्