OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक ६, २०८०जुम्ला,
२९९ पटक

कात्तिक ६ गते । चाडपर्वको अवसर पारेर नेपाल एयरलाईन्सले जुम्लामा एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेपछि यात्रुलाई सजिलो भएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले यस पटक हप्तामा दिन नेपाल एयरलाईन्सले उडान भरेको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका बरिष्ठ अधिकृत एयर ट्राफिक कन्टोलर राजेश श्रेष्ठका अनुसार सोमवार, विहिवार र शनिवार उडान भरेको हो ।

उहाँका अनुसार हप्तामा यसरी उडान गर्यो भने दशै पछि र तिहारमा निकै सहज हुने बताउनुभयो । उहाँले यस पटक समिट एयरले हप्तामा ५ पटक उडान भरिरहेको जानकारी दिनुभयो । दशै अघि सिताले हप्तामा २ पटक र ताराले एक पटक जुम्ला नेपालगंज उडान गरेका छन् ।

दशैको समयमा यात्रुको चाप बढ्ने भएपछि जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले नेपालगञ्ज– जुम्लाको लागि नेपाल एयरलाईन्सले हप्ताको ४ दिन उडान भर्ने तालिका सार्वजनिक भएको जानकारी दिनुभयो । तर एकदिन मौसम खरावीका कारण रुकुम गएको र ३ दिन जुम्लामा जहाँज उडान हुदा यात्रुलाई केही सहज भएको बताउनु भएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले दुई महिना देखीको पहलमा उडड्यन प्राधिकरणले सोमवार, मंगलवार, विहिवार र शनिवार ४ दिन नेपालगञ्ज जुम्ला उडान तालिका राखेर ३ दिन भएपनि जहाँज उडाउदा सहज भएको बताउनुभयो । उहाँले यो सेडअल दशै पछि र तिहार सम्मका लागि पनि कार्यान्वयन गर्न मन्त्रालय र उड्डयन प्राधिकरण सँग पहल भईरहेको बताउदै सरकारले ३ वटा जहाँज खरिद प्रक्रिया अगाडि बढाएकाले खरिद पछि झन सहज हुने बताउनुभयो ।

अनलाईन व्यवस्था : 
उडान थपिएपछि जुम्ला देखी नेपालगञ्जका लागि १० वटा टिकट अनलाईन व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका बरिष्ठ अधिकृत एयर ट्राफिक कन्टोलर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार समिट एयरले पनि अनलाईन टिकट व्यवस्था गरेको छ । उहाँले यही सेडुअल दशैपछि र तिहार सम्म भएपछि निकै सहज हुने बताउनुभयो । गत बर्ष दशैको समयमा भारी बर्षा र पानीले कर्णाली राजमार्ग १५ दिन अवरुद्ध भएको र जहाँजपनि नियमित नहुदा सकस भएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार जुम्लाबाट नेपाल एयरलाईन्सको अनलाईनका साथै २ विरामी, २ सरकारी सिट छुट्याईएको छ ।

क्याप्सन :जुम्लामा नेपाल एयरलाईन्सको जहाँज तस्बिर नेत्र शाही

प्रतिकृया दिनुहोस्