OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २, २०८०सुर्खेत
२५० पटक

२ कार्तिक २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारका आधार बाल शिक्षा भएको बताउनुभएको छ ।

शिक्षा पत्रकार समुहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था प्रादेशिक बहसमा बोल्दै उहाँले शिक्षाको मूल आधार बालशिक्षा भएको बताउनुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “जग बलियो नभई घर बलियो हुँदैन । शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेपनि आपसी सहकार्य विना अपेक्षित नतिजा आउन सक्दैन ।

शैक्षिक सुधारको मूल आधार स्थानीय तह भएकोले बजेट र जनशक्ति दुवै बलियो बनाउनुपर्ने भन्दै उहाँले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको बताउनुभयो । यसका लागि कार्यविधि निर्माण भइरहेको छ,” मुख्यमन्त्री शर्माले भन्नुभयो, “शिक्षण सिकाई केन्द्र निर्माण गरी अनलाईन र भौतिकरुपमा विद्यार्थी पढाउने शिक्षक र अभिभावकबीचको अन्तरक्रिया तथा स्थानीय तहलाई पाठयक्रम निर्माणमा प्रदेश सरकारले सहयोग गर्नेछ ।”

कर्णाली प्रदेशको ठूलो भूगोल तर न्यून बजेटका कारण शिक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल हुन नसकेपनि आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरु परिवर्तन हुनेगरी शिक्षामा सुधार आउने विश्वास व्यक्त उहाँले गर्नुभयो ।

उक्त कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठी तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठी पुस्तक’ मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्