OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १, २०८०सुर्खेत
१२३ पटक

 १ कात्तिक २०८०, बुधबार

‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’अन्तरगत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को अवधिमा रु. १२ लाख राजश्व संकलन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयहरुले गरेको ट्राफिक जाँचको क्रममा कारवाही परेका एक हजार आठ सय सवारी साधनबाट रु.१२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु.५० हजार राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

“सप्ताहको अवधिमा प्रदेशभरमा २८ हजार एक सय ७९ जनालाई ट्राफिक सेचतना गराइएको छ,” प्रवक्ता भट्टराईले भन्नुभयो, “विभिन्न विद्यालय, क्याम्पस गरी चार सय ७० विद्यार्थीहरुलाई पनि ट्राफिक नियमका बारेमा सचेत बनाएका छौं ।” उहाँले जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात हजार सात सय ९६, सल्यानले पाँच हजार छ सय २२, दैलेखले तीन हजार आठ सय, कालीकोटले तीन हजार ६२, रुकुमपश्चिमले दुई हजार नौ सय ७०, जुम्लाले दुई हजार ११, जाजरकोटले एक हजार चार सय ५९, मुगुले छ सय ९२, डोल्पाले चार सय ३५ र हुम्लाले तीन सय ३२ जनालाई ट्राफिक सचेतना दिएको जनाउनुभयो ।

असोज २४ गतेबाट सञ्चालन भएको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुभएको थियो । ‘६८औं प्रहरी दिवस–२०८०’ को अवसर नेपाल प्रहरीको व्याण्ड प्रदर्शनपश्चात् उक्त सप्ताहको समापन मंगलबार साँझ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले गनुभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्