OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३१, २०७७
११७२ पटक

सुर्खेत, ३१ बैशाख २०७७ । दार्चुला जिल्लाको छाङरुमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । आज नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरुमा पुगेको शसस्त्र प्रहरीका टोलीले सीमा सुरक्षा पोष्ट स्थापना गरेको हो ।

आज बिहान काठमाडौंबाट उडेको नेपाली सेनाको लिकोप्टर सदरमुकाम खलंगा हुँदै दिउँसो २५ जना शसस्त्रका सुरक्षा फौज लिएर छाङरु पुगेको थियो । भारतले अतिक्रमण गरेका कालापानीभन्दा २५ किलोमिटर तल रहेको छाङरुमा बन्न लागेको बोर्डर आउट पोष्ट(बिओपी)ले लिपुलेक(कालापानी क्षेत्रमा पर्ने नेपाल(भारत सीमाको रेखदेख गर्ने छ। सीमा सुरक्षा बलका लागि सरकारले गत मंसिरमा बिओपीको संख्यालाई एक सय ७ बाट २ सय २१ र्पुयाउँदा छाङरुमा पनि बिओपी बनाउने निर्णय समावेश गरेको थियो।

तर मौसमी प्रतिकुलता, जग्गा प्राप्तिमा ढिलाई, भौतिक संरचनाको अभावलगायत कारणले त्यस क्षेत्रमा बिओपी बन्न नसकेको दाबी सशस्त्र प्रहरी मुख्यालयको छ। भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ । वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि यतिबेला नेपालमा विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस्