OnlinePana

आज : २०८२ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २९, २०८०
२३८ पटक

२९ असोज २०८०, सोमबार

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्ने बताउनुभएको छ ।

नजिकिदै गरेको नेपाली हिन्दुहरुको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वको अवसरमा वीरेन्द्रनगरमा आज आयोजित प्रेस सेन्टरसँग आवद्ध पत्रकारहरुसँगको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले राजनीति र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमुख्यमन्त्री शाहीले भन्नुभयो, “आवधिक र स्थायी दुवै सरकारको आपसी सम्बन्ध, समझदारी र जिम्मेवारीप्रतिको बोधगम्यताले मात्र निर्मित नीति, नियम, बजेट, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सक्छ । त्यसो हुँदा प्रतिफल देखिने गरी काम भएको जनताले अनभूति गर्न सक्छन् ।” त्यसको साथै उहाँले जनताको अवस्था बदल्न परम्परागत सोच र संरचना दुवैको पुनःसंरचना आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

उक्त भेटघाट कार्यक्रममा कर्णालीका दूरदराजमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको आर्थिक तथा सामाजिक सुदृढीकरणका लागि सरकारले मिडियामैत्री कार्यक्रम ल्याउनुर्नेमा समेत उहाँले जोड दिनुभयो । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा उभार ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री शाहीले माओवादी सक्याउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु पनि लागेको जिकिर गर्नुभयो ।

प्रतिकृया दिनुहोस्