OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २५, २०८०सुर्खेत
२३४ पटक

२५ असोज २०८०, बिहीबार

कर्णालीलाई पूर्णखोप प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित पूर्णखोप प्रदेश घोषणासभा समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित बजार ¥यालीपश्चात मन्त्री पोखरेलले देशकै चौथो प्रदेशका रुपमा पूर्णखोप कर्णाली प्रदेशको घोषणा गर्नुभयो । उक्त सभामा बोल्दै मन्त्री पोखरेलले सिंगो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका प्रमुख संगीता मिश्र भौगालिक अवस्थाले कठिन भएपनि पूर्णखोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।

यहाँका दश जिल्लाका ३४ हजार ६७१ बलबालिका सबैले खोप लगाएपछि पूर्णखोप कर्णाली प्रदेश घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताउनुभयो ।

कर्णालीको दैलेख विसं.२०७४, सुर्खेत ०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान ०७९ मा तथा डोल्पा र हुम्ला ०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गंगाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्