

असोज २६ गते । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी पत्रकार दिलमाया शाही पुरस्कृत भएकी छन् । शाही सन २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत हुनु भएको हो । यसैगरी सो पुरस्कारबाछ सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’ पनि पुस्कृत भएकी छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा पुरस्कार प्रदान भएकोे जानकारी दिनुभयो । रु २ लाख २२ हजार २२२ रुपैया २२ राशीको उक्त पुरस्कार दिलमाया र कमलालाई रु १ लाख ११ हजार १११ रुपैया ११ पैसाका दरले चेक हस्तानन्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा महासंघ र नेपाल अमेरिकी पत्रकार संघ (नेजा)को आयोजनामा गरिएको नेजा ग्रामिण पत्रकारिता उक्त पुरस्कार वितरण कार्यक्रममा दुवै जनालाई संयूक्त रुपमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदान गर्नु भएको छ ।
नेजा पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिदै आएको छ ।
उक्त पुरस्कार वितरण गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ग्रमिण क्षेत्रमा रहेर आफ्नो पत्रकारिताबाट गम्भिर विषय उठाएर नेपाली समाजमा पुरयाएको योगदानको कदर गर्दै वधाई दिन चाहन्छु । आगामी दिनमा थप जोश जागर सहित पत्रकारिता क्षेत्रबाट योगदान गर्न अनुरोध गर्दै नेजालाई पनि यस्तो पुरस्कार स्थापना गर्नु भएकोमा प्रशंसनीय कार्य गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पत्रकारले नेपालको सामाजिक रुपमान्तर सहित नेपालको परिवर्तन, लोकतन्त्रमा आवश्यकता पर्दा गरेको योगदान पुरयाउदै आउनु भएको विषय महत्वपूर्ण रहेको छ ।
पुरस्कार ग्रहणपछि पत्रकार दिलमाया शाहीले आफ्नो मिहिनेतलाई फलमा परिणत भएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले मेरो पेशागत दक्षतामा मेरो जिल्ला जुम्ला सहित जो जसले जहाँबाट सहयोग गरिरहेको छ, उहाँहरुलाई धन्यावाद दिनुभयो । उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेत, पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगित खड्का सहित बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो ।
को हुन दिलमाया ?
पत्रकार दिलमाया शाही जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ निवासी हुन । वि.सं २०७१ सालमा पत्रकारिता क्षेत्रमा लागेकी उनले छोटो समयमा खोजमुलक पत्रकारितामा फड्को मादै आईरहेकी छन् । वि.सं २०७१ सालमा जुम्लाको रेडियो नारी आवाजबाट शुरु गरिएको पत्रकारिता रेडियो नारी आवाजको स्टेशन म्यानेजर हुदै, २०७४ सालबाट थाहा सञ्चार रेडियो र थाहा खबर अनलाईनमा काम गरिरहेकी छन्, सञ्चारिका समुहले ९० जना महिलाका लागि स्टोरी लेखन फेलोसिप आवहन गरेपछि छनौटमा परि स्टोरीलेखनमा उनको अब्बलता बढ्दै गएपछि अहिले सन्धान अनलाईनमा जुम्लाबाट खोजमुलक स्टोरीवेसमा काम गरिरहेकी छन् । सोही स्टोरीहरुको आधारमा नेजा पुरस्कारका लागि पत्रकार महासंघले आवहन गरेको पुरस्कारमा आवेदन दिई छनौटमा परेकी थिईन ।
शाहीले महिला वालवालिका क्षेत्रको आवाजलाई प्रथामिकता दिने उद्देश्यका साथ २०७७ सालमा जुम्लालालाई केन्द्र बनाएर महिला जागरण अनलाईन पनि संचालन गरिरहेकी छ्न् । शाही पत्रकारिता मात्रै नभई जुम्लामा पिडित महिला र वालवालिका सवालमा न्यायका लागि पैरवी गर्ने अब्बल अधिकारकर्मीको रुपमा स्थापित हुदै गएकी छन् । विभिन्न संघर्षका विचमा २०७७ सालमा नेपाल पत्रकार महासंघ जुम्ला शाखामा अध्यक्ष नेत्रबहादुर शाहीको नेतृत्वमा महासंघको उपाध्यक्ष पदमा विजयी भएर समेत काम गर्ने अवसरले शाहीलाई थप पेशागत दक्षता प्रदान गर्ने अवसर मिलेको छ ।