OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २४, २०८०सुर्खेत
२८३ पटक

२४ असोज २०८०, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजको दृश्य अलि फरक थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कन्ट्रोल कक्षमा प्रहरी होइन, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आफै बसेर पीडितलाई सिधा फोन सम्पर्क गर्नुभयो ।

रक्षामन्त्री खड्काले सुर्खेत गुर्भाकोट नगरपालिका १४ का ३१ वर्षीय अर्जुन पुनविरुद्ध सवारी ज्यान सम्बन्धी मुद्दा दिने जाहेरवाला आठबीस नगरपालिका ५ सिंगासैन दैलेखका ४० वर्षीय मोतिराम पुरीसँग सिधा फोन सम्पर्कको संवादमा भन्नुभयो, “मातिरामी जी ! म पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री बोल्दैछु । सुन्नुस् म तपाईको मुद्दाको प्रगतिबारे जानकारी दिदैछु । मोतिराम जी ! तपाई दिएको मुद्दा अनुसार प्रतिवादी पक्राउ गरिएको छ । आवश्यक सबुद प्रमाण संकलन, क्षतिपूर्तिको लागि पहल र अनुसन्धान भइरहेको छ ।”

रक्षामन्त्री खड्काले थप्नुभयो, “सुरक्षित कर्णाली विशेष अभियानअन्तरग पीडित सहायता शुभारम्भ गर्ने क्रममा तपाईसँग कुरा गरिएको हो । आजदेखि तपाईले दिएको उजुरी प्रहरी स्वयंले हेर्दै जाने र तपाईको आवश्यकता भएमा प्रहरीले जानकारी दिनेछ । हाम्रो मुद्दा कहाँ पुग्यो, कस्तो अवस्थामा छ भनेर सोधिरहनुपर्ने झञ्जट अब हुँदैन ।”

त्यसैगरी, उहाँले महिला पीडितसँग पनि सिधा फोनमार्फत संवाद गर्दै भन्नुुभयो, “राजकुमारी पाण्डे बोल्नु भा हो । नमस्कार राजकुमारी जी ! म पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री तपाईसँग कुरा गर्दैछु, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट । तपाईले बहुबिबाहसँग सम्बन्धित उजुरी दिनुभएको रहेछ । त्यसको अहिलेसम्म प्रहरीबाट के–के प्रगति भयो भन्नेबारे जानकारी गराउँदैछु । प्रतिवादीलाई सम्बन्धित सुर्खेत जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई बयानसम्मको कार्य प्रगति भएको । खेमराज बुढाक्षेत्रीसमेत छ जना प्रतिवादीको घटना विवरण कागज भएको, प्रतिवादीहरुसँगै बसेको र फेसबुकमा श्रीमान् श्रीमती भनी कुरा भएको प्रमाणसमेत संकलन गरिएको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

उहाँले तपाई जस्ता पीडितहरुले आउनुपर्ने भएमा मात्रै प्रहरीले तपाईलाई जानकारी गर्ने र हिजोका दिनमा सँधै आएर मेरो के भयो भन्ने ? अवस्थाको आजदेखि अन्त्य भएकोसमेत पीडितलाई रक्षामन्त्री खड्काले जानकारी दिनुभएको थियो । उहाँका अनुसार पीडितहरुले सँधै प्रहरीमा आउन नपर्ने र आजका दिनदेखि प्रहरी आफैले फोन गरेर मुद्दाको काम कारवाही र प्रगतिबारे सहजै जानकारी दिलाउनेछ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले थालेको सुरक्षित कर्णाली विशेष अभियानअन्तरगत ट्राफिक नियम पालन, पीडित सहायता कार्यक्रम आजदेखि आरम्भ भएको छ भने लागु औषधविरुद्ध लालटिन अभियानको भोलि रक्षामन्त्री खड्काबाट शुभारम्म हुने कार्यक्रम रहेको कर्णाली प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्