OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २४, २०८०सुर्खेत
३७८ पटक

२४ असोज २०८०, बुधबार

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को भदौ र असोज महिनामा प्राकृतिक प्रकोपबाट क्षति व्यहोरेका कृषकहरुलाई रु.छ करोड राहत प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ र असोज महिनामा अविरल वर्षा तथा हावाहुरीबाट क्षति व्यहोरेका कर्णाली प्रदेशका कृषकहरुको राहतका लागि रु.छ करोड बजेट स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । बालीनाली तथा पशुपंक्षीमा क्षति भोगेका कृषकहरुलाई सरकारले राहत प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रवक्ता जिसीका अनुसार आजको बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाको लागि रु.पन्ध्र लाख अनुदान सहयोग प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, यही असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई रु.तीन लाख प्रदान गर्ने घोषणा गरेको छ ।

त्यसैगरी, मृतक सबैप्रति भावपूर्ण श्रद्धाञ्जली एवं घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई छिटो भन्दा छिटो उद्धारको लागि नेपाल सरकारलाई आग्रह गर्नेसमेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको प्रवक्ता जिसीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्