OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २२, २०८०
४६१ पटक

२२ असोज २०८०, साेमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मानवीय सेवाले साझा भविश्य निर्माण गर्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश र जुनियर युथ रेडक्रस सर्कलद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दुईदिने प्रदेशस्तरीय कार्याशालाका उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले मानवीय सेवालाई सबैले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संकट, आपत् र विपदमा हामीले मानवीय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ । गलत र सहि के हो भनेर पहिचान गर्न जरुरी छ ।”

कर्णालीवासीको सुख र खुसीका लागि आर्थिक सम्पन्नता र समाजिक न्याय आवश्यक भएको बताउनुभएका उहाँले परोपकारी क्षेत्रका रेडक्रसको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । रेडक्रसलगायतका समाजिक संघ संस्थाले मानव जातिको सुख र शान्तिका लागि गरेको काम र यसको संघर्ष सबैले अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

विकास, समृद्धि र समाजिक रुपान्तरणमा राष्टिय एकता अपरिहार्य रहेको बताउनुभएका मुख्यमन्त्री शर्माले भन्नुभयो, “समाजलाई नयाँ उचाईमा उठाउन, योगदान एवं सकारात्मक प्रतिस्पर्धा गर्न आवश्यक छ । त्यसका लागि राज्य, समाजिक संघ संस्थाबीचमा सहकार्य गरेर मात्र विकास गर्न संभव देखिन्छ ।

उक्त दुईदिने कार्यशालामा १० जिल्ला जिल्लाका युवा सर्कलका प्रतिनिधिहरुको सहभागिता रहेको जुनियर युथ रेडक्रस सर्कलका अध्यक्ष नवीन लामिछानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्