OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन १७, २०८०जुम्ला
२३१ पटक

,
असोज १७ गते । नेकपा माओवादीले संचालन गरेको पार्टी रुपान्तरण अभियान कार्यक्रम अन्तरगत सिंजा गाउँपालिकाको सवै गाउँमा कार्यक्रम गरिएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ देशका ७५३ पालिका र ६७४३ वटै वडामा केन्द्रित हुनेगरी थालिएको जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान सिंजा गाउँपालिकामा उत्साहका साथ कार्यान्वयन भइरहेको रुपान्चरण अभियानका सिंजा गाउँपालिका ईन्चार्ज प्रभात चलाउनेले जानकारी दिनुभयो ।

उहाँका अनुसार माओवादी पार्टी केन्द्रको भदौ १६ गते देशभर ६७४३ वटै वडामा एकै साथ अभियानको उदघाटन गर्ने परिपत्र अनुसार सिंजा गाउँपालिकाका सबै वडामा अभियानको उदघाटन भयो । अभियानको तयारी स्वरुप भदौ ९ गते सिंजा गाउँपालिका पार्टी कमिटिको बैठक बस्यो । त्यसलगत्तै भदौ १२ गते जिल्लास्तरीय केन्द्रीकृत भेला तथा प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताहरु सबै सहभागी भएको जानकारी दिनुभयो ।

ईन्चार्ज चलाउनेले भदौ १३, १४ र १५ गते सबै वडावडा र टोलहरुमा गएर भदौ १६ गते अभियानको उदघाटनको तयारी बैठकहरु सम्पन्न भएको र भदौ १६ गते बिहान ८ बजे गाउँपालिकाको वडा नं. २ मा बाजागाजा सहित ठूलो जनसहभागितामा अभियानको उदघाटन गरिएको थियो । उक्त कार्यक्रमलाई जूम एप्लिकेशनमार्फत देशभरका साथीहरुमा लाइभ पनि भयो । त्यसैगरी वडा नं. १, ३, ४, ५ र ६ मा भेला, अन्तरक्रिया र देउडासहित अभियानको उदघाटन गरिएको छ ।
रुपान्तरण अभियान सिंजाले भदौ १६ गतेको अभियान उदघाटन पश्चात १७ गते समीक्षा बैठक बसेर सबै वडाका सबै टोलस्तरीय अभियान टिम निर्माण थियो । सिंजा गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा टोलस्तरीय अभियान टिम निर्माण गरि परिचालन गरिएको छ भने वडा नं. ४ र ६ मा वडा स्तरीय कमिटि मात्रै निर्माण भएको छ । यस क्रममा सबै वडाका सबै टोलमा पार्टी कार्यकर्ता, मतदाता, समर्थक, शुभचिन्तकहरुका केन्द्रिकृत बसाई सम्पन्न गरिएको छ ।

यस्तो छ, गाउँस्तरीय स्तरीय वैठक :

ईन्चार्ज चलाउनेका अनुसार वडा नं. १ को जाँच गाउँ, डिग्रा गाउँ, प्याकुरेवाडा, काटै, थार्पीवाडा, धापा,वडा नं. २ को घोडेङ्गा, रनुखाना, बिस्टवाडा, चुलेलगाउँ, अवस्थिवाडा, थरविष्टवाडा, वडा नं. ३ को नराकोट, फार्सेवाडा, धिताललिही, माथिल्लो गोठी, पिगी, छानिगाडा, वडा नं. ४ को भूली, माथिल्लो बाँ, गाँडापानी, बारेगाउँ, तल्लो गुठी, तल्लो वाँ, वडा नं. ५ को गोरा, शनिगाउँ, फुङ्ग्र वडा नं. ६ को काँडागाउँ, रुघा, भारगाउँ, जोडु गाउँमा पुगेर छलफल कार्यक्रमहरु गरिएको छ ।
नेकपा माओवादी केन्द्र सिंजा गाउँपालिका उपाध्यक्ष तथा वडा नम्बर ४ का ईन्चार्ज, गाउँपालिका उपाध्यक्ष रतनबहादुर शाहीका अनुसार सिंजाका ३३ वटै गाउँमा अभियान टोली पुगेको छ । धेरै स्थानमा इन्चार्जकै सहभागितामा टोलस्तरीय बैठक तथा छलफल सम्पन्न गरिएको छ । अन्य गाउँहरुमा वडा ईन्चार्ज तथा वडा कमिटि वनेर छलफल कायक्रम चलिरहेको छ । बाँकी टोलको बैठक तथा छलफल कार्यक्रम चलिरहेको छ । सबै टोलस्तरीय अभियान टिमले घरघरमा भेटघाट, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन फाराम भर्ने काम, सुझाव संकलन, घरधुरी संकलन फाराम भर्ने तथा टोल सरसफाई र केही विकास निर्माणका कामकार्यहरु गरिरहेका छन् । यसैगरी सिंजा गाउँपालिकाका ६ वटा वडाका वडा कमिटी र १६ वटा टोल कमिटि समेत गठन गरेर काम भईरहेको छ । 

 

प्रतिकृया दिनुहोस्