OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १५, २०८०सुर्खेत
२६६ पटक

१५ असोज २०८०, सोमबार

नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी मिनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो । विजयी शाहले १६२ मतको अन्तरालमा शाहीलाई पराजित गर्नुभएको हो । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा टेकराज पछाई २६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, प्रदेश कमिटि सचिवमा चार सय छ मत ल्याएर ध्रुवकुमार शाही विजय हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गर्नुभयो । उपसचिवमा रविन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रत्यासी रमेश शाहीले दुई सय ६६ मत ल्याएर पराजित हुनुभयो ।

त्यसैगरी, महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गर्नुहुँदा मेनका पछाईले ९६ मत ल्याए पराजित हुनुभयो । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटिको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटिले जनाएको छ । पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय नेकपा एमाले प्रदेश कमिटिको निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस्