OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी ,आश्विन १५, २०८०जुम्ला,
१२४ पटक

वीरेन्द्रनगर — कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । आइतबार दिउँसोबाट सुरू भएको मतदान राति साढे ९ बजेतिर सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिवेशनमा ६ सय ९ मत खसेको छ । कुल ६ सय १६ जना प्रतिनिधिहरु थिए । ७ जना अनुपस्थित भएका छन् ।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेले जनाएको छ ।

शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन् । यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा चुनावी प्रतिस्पर्धामा छन् ।

सचिवमा रुद्रबहादुर शाही र धुर्ववबहादुर शाही प्रतिस्पर्धामा छन् । मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी भएको निर्वाचन कमिटीले जनाएको छ । एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन बताईएको छ ।

प्रतिकृया दिनुहोस्