OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १३, २०८०सुर्खेत
३४० पटक

१३ असोज २०८०, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनपैदावरको लगानीबाट रोजगारी दिइने बताउनुभएको छ ।

अनौपचारिक सेवा केन्द्र (ईन्सेक)द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित ‘मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा पत्रकरिताको भूमिका’ विषयक तालिमको उद्घाटनमा बोल्दै मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रतिवर्ष दश हजारलाई रोजगारी दिन कानून निर्माण भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कृषि र वनपैदावरलगायतका क्षेत्रमा लगानी गर्छौ र त्यसैमार्फत रोजगारी दिन सुरु गर्छौ । त्यही मर्मका साथ सरकार अगाडि बढिरहेको छ ।”

कर्णालीको मुख्य दुश्मन गरिबी भएको बताउनुभएका मुुख्यमन्त्री शर्माले गरिबीकै कारण यहाँका नागरिकहरुको मानव अधिकार हनन् भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कर्णालीका सबै नगारिकको स्वास्थ्य बीमा गर्ने तयारी भईरहेको र उनीहरुको स्वास्थ्य अवस्था पत्ता लगाउन जाँच गरिनेछ । स्वास्थ्य, शिक्षा, रोजागारी सरकारको प्रथामिकतामा छ । उहाँले सामाजिक रुपान्तरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै कर्णालीमा शिक्षण सिकाई केन्द्रसमेत स्थापना गरिने प्रतिबद्धता जनाउनुभयो ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले पत्रकारिता र मानव अधिकार एकै सिक्काका दुई पाटा भएकोले पत्रकारले मानव अधिकारको काम निरन्तर गरिरहेको धारणा व्यक्त गर्नुभयो । समाजका गतिविधि सबैभन्दा पहिले पत्रकारले नै उजागर गर्ने भएकोले अग्रपंक्तिको मानव अधिकार रक्षक पत्रकार भएको प्रतिक्रिया दिनुभयो । मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न उहाँले कर्णाली प्रदेश सरकारलाई सुझाउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरुलाई मानव अधिकार क्षेत्रको तालिमले क्षमता अभिवृद्धि गर्ने बताउनुभयो । तालिममा कर्णालीका जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, रुकुमपश्चिसहितका सात जिल्लाका २२ जना पत्रकारको सहभागिता रहेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्