OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १२, २०८०सुर्खेत
१२७ पटक

१२ असोज २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सहकारी शेयर सदस्यहरुलाई उत्पादन र स्वरोजगारमा जोड्नुपर्ने बताउनुभएको छ ।

आज सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं १३ गुमीमा आयोजित महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाको १३औ वार्षिकोत्सवको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री शर्माले सहकारी संस्थाको काम ऋण लगानी र असुली मात्र गर्ने नभइ शेयर सदस्यहरुलाई उद्यमशीलतामा विकास गरी व्यवसायिक किसानलाइ उत्पादन र स्वरोजगारमा जोड्दा प्रतिफलमुखी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा भएको परिवर्तनले अहिले महिला नेतृत्वको विकास भएको छ । समुह सहकारीहरुको नेतृत्व पनि महिलाहरुले नै गरेकोले प्रदेश सरकारले महिला आयआर्जनका कार्यक्रममार्फत् समुह सहकारीमा अनुदान सहयोग गरेको छ । साना किसान कृषि सहकारीले नेपाल सरकारको रु.एक अर्ब सहुलियत कर्जामार्फत सहकारीमा नौ प्रतिशत ब्याजदरमा लगानी गरिएको छ ।

भेरी करिडोरमा प्रदेश सरकारले किसानको जीवनस्तर उकास्न उत्पादनमा आधारित कार्यक्रम तय गरेकाले सबै किसान उत्पादनमा जोडिनसमेत मन्त्री शर्माले आग्रह गर्नुभयो ।
गत आर्थिक वर्षमा सुर्खेतका दुग्ध उत्पादक किसानलाई प्रदेश सरकारले प्रति लिटर दुध उत्पादनमा दिएको अनुदानवापत दिएको रकम प्राप्त गर्न नसकेको बताउदै यो वर्ष दुग्ध उत्पादक किसानलाइ चौमासिक रुपमा अनुदान उपलब्ध गराउने उहाँको भनाई थियो ।

प्रदेश सकारले महिला सहकारीहरुमा दिएको अनुदानबाट महिला आत्मनिर्भरता तथा आर्थिक सवलीकरण गर्ने उद्देश्य भएकाले यसको सहि प्रयोग भएनभएको अनुगमन गर्दा मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमबाट कर्जा प्राप्त गरेका किसानहरुले उद्यम गरेको र ऋण सहि सदुपयोग भएकोमा उहाँले सहकारीलाइ धन्यवाद दिनुभयो ।

मन्त्रीसँगको भेटघाट तथा छलफलमा किसानहरुले प्रदेश सकारको अनुदान सहयोगबाट व्यवसाय स्थापना गर्न सफल भएको र ब्याजदरमा थप सहुलियत गर्न माग गरेका थिए ।

प्रतिकृया दिनुहोस्