OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ११, २०८०सुर्खेत
२६० पटक

११ असोज २०८०, बिहीबार

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले प्राणघातक रोग रेबिजविरुद्ध जनचेतना जगाउन आवश्यक भएको बताउनुभएको छ ।

विश्व रेबिज दिवस २०८० को अवसरमा पशुपंक्षी विकास निर्देशनालय सुर्खेतद्वारा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले रेबिज रोग नियन्त्रणको लागि खोप अभियानसगै जनचेतना फैलाउन आवश्यक भएको बताउनुभयो । रेबिज रोग नियन्त्रणमा खोप अभियान सञ्चालन गरेपनि जनचेतनाको कमि भएको जनाउँदै मन्त्री शर्माले कार्यालय प्रमुखसहित पशु चिकित्सकहलाई निर्देशन गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी मध्ये धेरैलाई रेबिज रोग प्राण घातक हो भन्ने थाहा छ । यद्यपि हामीले वेवास्ता गरिरहेका छौं । जनचेतनाको कमीले दैनिक विद्यालय पढ्ने बालबालिका, सडकमा हिड्डुल गर्ने मान्छे, मजदुरहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।”

रेविज संक्रमण भएको पशुबाट कुकरमा रोग सर्ने र कुकरले मान्छे या अन्य जनावरलाई टोकेमा यो रोग्न लाग्ने भएकोले यसको रोकथामको लागि सरकारले विशेषरुपले ध्यान दिएको उहाँले बताउनुभयो । यसको रोकथाम तथा नियन्त्रणका लागि सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो ।

मन्त्री शर्माका अनुसार रेबिज रोगविरुद्ध जनचेतना र खोप नै उत्तम उपाय भएकाले हामीले पालेका जनावरहरु विशेषगरी कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाउन जरुरी छ ।

प्रतिकृया दिनुहोस्