OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १०, २०८०सुर्खेत
१२७ पटक

९ असोज २०८०, बुधबार

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कर्णाली विकासमा साझा संकल्प हुनुपर्ने बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री खड्काले कर्णालीको परिवर्तन र विकासमा यहाँबाट निर्वाचित सबै सांसदको एउटै संकल्प रहेको बताउनुभयो । कर्णालीलाई तुलनात्मकरुपमा अन्य प्रदेश सरह बनाउन दल तथा जनप्रतिनिधि सबै एकतावद्ध भएर जानुपर्ने उहाँले धारणा राख्नुभयो ।

उहाँका अनुसार जनतालाई प्रत्यक्ष विकास अनुभूत हुनेगरी सरकारले सुशासनको मार्गचित्र कोर्ने तयारीमा लागेको छ । यसका लागि सरकारले बजेट कार्यान्वयनमा विशेष ध्यान दिएर कालोबजारीलगायतका क्षेत्रको नियन्त्रण कार्यलाई अभियानका रुपमै सञ्चालन गर्न लागेको छ । जनतासँग जोडिएका विषयमा जोड दिएर सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ ।

कानूनहरु रफ्तारमा बन्न नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानूनहरु बनाउने तयारीमा लागेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “राजमार्गका ठेक्काहरुलाई अगाडि बढाउनुको साथै विशेषगरी मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियामा जोड दिइएको छ । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको छ ।”

रक्षामन्त्रीसमेत रहनुभएका उहाँले सुर्खेत धावनमार्गस्थलको उत्तरतर्फ विस्तारमा समस्या नभएको यद्यपि दीर्घकालीन विमानस्थलका रुपमा यसले धान्न नसक्ने भएकाले वैकल्पिक विमानस्थल निर्माण आवश्यक भएको जनाउनुभयो । सबै दलहरुको समन्वयमा सरकार अगाडि बढ्ने र मुलुक एवं जनतालाई केन्द्रमा राखेर सुशासन, विकास तथा समृद्धि जोड दिइने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्