OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ९, २०८०सुर्खेत
२१५ पटक

९ असोज २०८०, मंगलबार

नेकपा एमाले कर्णाली प्रदेश कमिटिको प्रथम अधिवेशनमा छ सय चार जनाले प्रतिनिधिले भाग लिने भएका छन् ।

प्रदेश अधिवेशन बुधवारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुरु हुँदैछ । प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाहले आज पत्रकार भेटघाटमार्फत दश जिल्ला र मोर्चा÷संगठनको गरी छ सय चारजना प्रतिनिधिले भाग जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लागत प्रतिनिधित्व हुनेमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालिकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुमपश्चिमबाट गरी ५५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा संगठनका ५० जनाको प्रतिनिधित्व उहाँले जनाउनुभयो ।

त्यस्तै, उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सातजना पुरुष, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितहरुको प्रतिनिधित्व हुने अध्यक्षको भनाई थियो बुधवार दिउँसो १ः०० बजे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

असोज ११ गतेको बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटि निर्वाचित हुने जनाउँदै अध्यक्ष शाहले अधिवेशनमा नेता कार्यकर्तासहित पाँच हजारको सहभागिता गराइने लक्ष्य राखिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्