OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ८, २०८०सुर्खेत
३२७ पटक

६ असोज २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले ‘प्रदेश समृद्धिको आधार सहकारी अभियान’ भएको बताउनुभएको छ ।

आज वीरेन्द्रनगर ३ सुर्खेत उत्तरगंगास्थित साना किसान सहकारी संस्था लिमिटेडको २७औ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले सहकारी अभियान आर्थिक समृद्धिको एक प्रमुख आधार भएको जनाउनुभयो । सहकारी अभियानमार्फत् सामाजिक न्याय र आर्थिक समृद्धि गर्न प्रदेश सरकार लागि परेको बताउनुभएका उहाँले सहकारीमा किसान, मजदुर, गरिब, महिला, अल्पसंख्यको पहुँच बढेको र प्रदेश सरकारले आर्थिक समृद्धि गर्ने लक्ष्य अभियानलाई बनाएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि कर्म गर्ने सहकारी र किसान जोड्न प्रदेश सरकारमार्फत सहकारी अभियान सञ्चालन गरी उत्पादनमा वृद्धि र रोजगार सृजना गर्न सकिन्छ ।” सहकारीले ऋण दिने विषयलाइ मात्रै प्रथामिकता दिँदा किसानको व्यवसायमा हुने प्रगति मापन गर्न नसकिएको जनाउँदै मन्त्री शर्माले किसानलाइ ऋण दिँदाको अवस्था र ऋण लिएपश्चात् भएको प्रगतिबारे ध्यान दिन सुझाउनुभयो ।

अहिले सहकारीमा शेयर सदस्यले बचत गरेको शेयर पूँजीको ठूलो हिनामिना भएको तथा सञ्चालक समितिमा मात्रै ऋण परिचालन गरेको गुनासो किसानबाट आएकोले यसबाट शेयर सदस्यको बचत तथा पूँजीको सुरक्षामा ध्यान दिन मन्त्री शर्माले निर्देशन दिनुभयो । साना किसानको अनुगमन तथा नियमन गर्ने प्रदेश सरकारले तत्काल ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने उहाँको भनाई थियो ।

उत्पादन र बजारीकरणको समस्या सामाधान गर्न प्रदेश सरकारले हाटबजार व्यवस्थापनको लागि रु.५० लाख रकम विनियोजित गरेकाले सबै किसानलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उक्त वार्षिकोत्सवमा मन्त्री शर्माले दश विधाका दश उत्कृष्ट हुनेहरुमा सहकारीको जेष्ठ सदस्य गोमा उपाध्याय, शेयर खरीदकर्ता दामुदरा क्षेत्री र मिना भट्टराई, कर्जा सुरक्षण बचतमा पदमाकुमारी उपाध्याय, व्यक्तिगत बचतमा बेला बोगटी, ऋणमा कल्पनाकुमारी भण्डारी, असल सासुमा गम्बिरा थापा र बुहारीमा गौरी पोखरेल सम्मान गर्नुभयो । उत्कृष्ट कृषक व्यवसायी मानकुमारी चौधरीलाई रु.दश हजार र पशु योजनाअन्तरगत अन्जना थापालाई बीमावापत रु.५७ हजारको चेकसहित सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्