OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन ३, २०८०जुम्ला,
३५२ पटक

असोज ३ गते । जुम्लामा गणतन्त्रवादी पक्षधर दलहरुले सांसद ज्ञानबहादुर शाहीले विकास नभई राजा ल्याउने तयारी गरिरहेका बताएका छन् । उनिहरुले जुन व्यवस्थामा टेकेर सांसद वने, त्यही व्यवस्थाको ध्वज्जी उडाउदै राजा ल्याउने प्रयास गर्ने काम गरेर जनतालाई धोका दिदै आएका आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा, संविधानसभा सांसद डिल्लीप्रसाद काफ्ले, पूर्व सांसद देविलाल थापाले दिवसको अवसरमा वोल्दै जनताले दुःख गरेर ल्याएको व्यवस्थालाई कुल्चन खोज्ने हर्कत राम्रो नभएको आक्रोस पोखेका छ्न ।
प्रतिनिसिभासांसद छिरिङ ल्हामु लामा तामाङले हजारौ सहिदको रगतले ल्याएको संविधान र गणतन्त्रमाथी धावा वोल्ने कसैलाई पनि छुट नभएको बताउनुभयो । उहाँले चुनावी मैदानमा खोक्रो भाषण दिएर विकास गर्छु भन्ने ज्ञानवहादुर शाही अहिले राजा फर्काउने तयारी गरिरहेकाले जनताले वुझ्न जरुरी भएको बताउनुभयो । उहाँले व्यवस्था रहेमा हामी रहने भएकाले व्यवस्था विरोधी काम गर्ने जो कोहीको प्रतिकार गर्न आवश्यक रहेको भन्दै आफुले जुम्ला विमानस्थल, फ्यूल सेन्टर, नाग्म गमगडि राजमार्ग, जुम्ला जोड्ने रणनितिक सड्कको विषयमा निरन्तर लागिरहेको छु । उहाँले संविधान २०७२ को सुन्दर पक्ष भनेको हामी जस्ता जनजाति पिछडिएको क्षेत्रका मानिसहरुलाई संसद भित्र जाने अवसर भएकोमा जोड दिनुभयो ।

संविधनसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेता डिल्ली प्रसाद काफ्लेले राजावादीलाई निर्वाचन जिताउदा जुम्लाको राजनिति ध्वस्त भएको धारणा राख्नु भयो । उहाँले राजतन्त्रको नाईके ल्याउछु भनेर कुर्लिनु सांसद ज्ञानेन्द्रको काम राम्रो नभएको बताउदै जनता असन्तुष्ट हुनुको दोष ठूला र सत्ताधारी पार्टीले जिम्मा लिनुपर्ने बताउनुभयो । उहाँले सांसद ज्ञानबहादुर शाहीलाई भोट हाल्ने कांग्रेस, माओवादी, एमालेले पनि ध्यान नदिएको भन्दै सांसद ज्ञानबहादुर शाहीलाई गणतन्त्रको गोमन सर्पको संज्ञा दिनुभयो । उहाँले ज्ञानवहादुरलाई चुनाव जिताउने ठूला दलका प्रजातान्त्रिक समाजवाद, वहुदलीय जनवाद र नयाँ जनवाद पनि कता हराएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

पूर्र्व सांसद तथा एमालेका नेता देविलाल थापाले निकै दुख गरेर ल्याईएको व्यवस्था संस्थागत गर्न हामी सवैको दायित्व भएकाले अव दलहरु दलाल नोकरशाही विरुको अभियानमा लाग्नु पर्ने दिन आएको बताउनुभयो । उहाँले दलहरु पनि सच्चिएर जुम्लामा काम गर्नुपर्ने समेत बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्लाध्यक्ष विरबहादुर कुँवरले हिजो अभिव्यक्ति स्वतन्त्रता माथी अंकुस लगाउन,े शासन एकै परिवारमा निहित गर्ने व्यवस्था फ्याकेर जनताको नेतृत्वमा शासन चलाउने व्यवस्था, संघीयता, समानुपातिक र विभिन्न परिवर्तनको कल्पना गर्ने नेपाल संविधान २०७२ रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गणतन्त्रको संस्थागत विकास गर्न सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । संविधान दिवसको अवसरमा जुम्ला सदरमुकाममा र्याली सहित बजार समेत बजार परिकर्मा गरिएको थियो । कार्यक्रममा राजनैतिकदल, सुरक्षाकर्मी, कर्मचारी, नागरिकसमाज र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्