OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ३१, २०८०
३३२ पटक

जुम्ला जिल्लामा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनमा सिंजा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा कार्यसम्पादनको आधारमा जिल्लाका ८ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाले (उत्कृष्ट) प्रथम स्थान हासिल गरेको हो ।

जिल्ला स्तरमा प्रथमस्थान प्राप्त गरेको सिंजा गाउँपालिका जुम्लालाई बार्षिक समीक्षा कार्यक्रममा स सम्मानसहित प्रशंसा पत्र प्रदान गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनका आधारमा प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

स्वास्थ्य सेवालाई अझ प्रभावकारी एवंम गुणस्तीय बनाउनका लागि सिंजा गाउँपालिकाले महत्वपूर्ण योगदानको अपेक्षा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम सम्पादन तथा व्यवस्थापनको आधारमा गरिएको मुल्यांकनमा चन्दननाथ नगरपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ भने हिमा गाउँपालिका तेस्रो स्थान हासिल गरेको जनाएको छ । गतवर्ष चन्दननाथ नगरपालिका प्रथम, कनकासुन्दरी दोस्रो र सिंजा गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको थियो ।

जिल्ला भरकै स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम सम्पादन तथा व्यवस्थापन प्रथम स्थान प्राप्त गरेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, यसबाट थप हौसला मिलेको छ । अझै आगामी दिनमा कार्यसम्पादन तथा सेवा प्रवाह प्रभावकारी बनाउने छौँ ।
यस्तो नतिजा :

प्रतिकृया दिनुहोस्