OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ३१, २०८०जुम्ला,
२७३ पटक

भदौ ३१ ग्ते । जुम्लाको दुर्गम विद्यालय लक्ष्मीदेवल आधारभुत विद्यालय आचार्यलिहीमा ६ कोठे पक्कि भवन निर्माण भएको छ । राष्ट्रिय योजना आयोग र हिमा गाउँपालिकाको लगानीमा पक्कि भवन निर्माण भएपछि अध्ययन अध्यापनमा सजिलो भएको छ ।

हिमा गाउँपालिका १ आचार्यलिहीमा अवस्थित सो विद्यालयमा कक्षा १ देखी ५ सम्म संचालन भएको र रु ६९ लाख लगानीमा ६ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक धनलक्ष्मी धितालले जानकारी दिनुभयो । नवनिर्मित पक्कि भवनको उद्घाटन गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गर्नु भएको छ ।

लक्ष्मी देवल विद्यालयमा लामो समय देखी गुणस्तरीय भवन निर्माण हुन सकिरहेको थिएन । भवन राम्रो नहुदा वालवालिकाहरुलाई समस्या भएको थियो । अव ६ कोठे पक्कि भवनमा एक कोठा अतिरित्त गरि ५ कोठा वालवालिकालाई पुग्ने भएको छ । विद्यालयमा पक्कि भवन निर्माण भएपछि स्थानीय खुशी भएर नाच, गान तथा औपचारिक कार्यक्रम गरि मनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम आचार्यले धेरै समय पछि विद्यालयमा गुणस्तरीय पक्कि भवन निर्माण भएको जानकारी दिनुभयो । उहाँले सहयोगी नेपाल सरकार र गाउँपालिका सरकारलाई धन्यवाद दिदै विद्यालयको घेरवार, खानेपानी, फर्निचर पनि अभाव भएकाले सहयोसग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि भौतिक संरचनामा प्रथामिकता दिदै आएको बताउनुभयो । उहाँले हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई बलियो वनाउन नेपाल सरकार, प्रदेश सरकारको साझेदारीमा भौतिक संरचनामा जोड दिईएको बताउनुभयो । उहाँले हिमा गाउँपालिकाको गुणस्तरीय शिक्षाका लागि वुद्धिजीविहरुको सल्लाह र सुझाव अनुसारका कामहरु गर्नेमा जोड दिनुभयो । उपाध्यक्ष सुपर्ना शाहीले विद्यालयमा छोरी पढाउने, टिकाउने विषयका योजनाहरुमा जोड दिनुपर्ने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हामीले पहिला वालवालिकाको विषयमानै पढ्नुपर्ने बताउनभयो । उहाँले वालवालिकाको विषयमा अध्ययन गर्दै शिक्षामा लगानी पहिलो प्रथामिकता गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटिी सदस्य अमरजंग शाहीले हिमा गाउँपालिकाको विकास र समृद्धिका लागि सवै दल एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि प्रथामिकता पहिलो हुनुपर्ने बताउनुभयो ।


जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डाक्टर ओम प्रकाश शर्माले अवको शिक्षा आधुनिक आवश्यकता अनुसारको शिक्षा र सामग्री दिन आवश्यक रहेको छ । उहाँले हिमा गाउँपालिकाले विभिन्न क्षेत्रको नेतृत्व प्रदान गर्दे आएको सुखद अवसरमा अवका वालवालिका लागि आवश्यक शिक्षा आवश्यक रहेको छ । विद्यालय भवन उद्घाटनको क्रममा वालवालिकाले विभिन्न देउडा नाचगानका कार्यक्रमहरु समेत गरिएको थियो ।

क्याप्सन : हिमा गाउँपालिका १ आचार्यलिही लक्ष्मी देवल आधारभुत विद्यालयमा नवनिर्मित भवन उद्घाटन तस्बिर नेत्र शाही जुम्ला।

प्रतिकृया दिनुहोस्