OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र २०, २०८०जुम्ला,
३२० पटक

भदौ २० गते । जुम्लाका स्याउ किसान १० जना महिलाहरु स्याउको व्यवसायीकरण तथा उत्पादनका बिषयमा अवलोकन गर्न भारतको काश्मिरतिर लागेका छन् ।
हिमालयन बहुउद्देश्यीय सहकारी संस्थाले पातारासी गाउँपालिकाबाट ७ जना र गुठिचौर गाउँपालिकाबाट ३ जना स्याउ किसान महिला किसानलाई भारतको कश्मिरमा अवलोकनाका लागि पठाएको छ । संस्थाका अध्यक्ष मायाप्रसाद आचार्यका अनुसार लामो समय देखी स्याउ उत्पादन गरिरहेका ति महिलाहरुलाई काश्मिर क्षेत्रमा स्याउको उत्पादन र बजारीकरणका बिषयमा अवलोकन गरि जुम्लामा प्रयोग गर्ने उद्देश्यले पठाईएको बताउनुभयो ।

स्याउको अवलोकन भ्रमणका गएका उनिहरु मध्य पातारासी ६ का ५६ बर्षिय चुकी महतारा, मागी महतारा (५२ बर्ष) , मागी विष्ट (५२ बर्ष ), पातारासी ४ का प्यारी बुढा, कनाङ तामाङ, जाली वोहोरा, पातारासीका सुवा खड्का रहेका छन् । यसैगरी गुठिचौर ५ का गुठिचौर ४ का धनलक्ष्मी देवकोटा, जयलक्ष्मी पाण्डे, धनलक्ष्मी पाण्डे रहेका छन् ।

हिमालयन सहकारीका जिल्ला कार्यक्रम व्यवस्थापक घनश्याम नगरकोटीले पातारासीका १८ वटा समुह तथा सहकारीबाट उद्यमी र सफल महिलाहरुले छनौट गरेर उहाँहरुको अवलोकन भ्रमण शुरु गरिएको बताउनुभयो । उहाँले हाम्रो उत्पादनलाई थप गुणस्तर र बजारीकरणका उपायका बिषयमा गहिरो अवलोकन उद्यमी महिलाहरुले गर्ने बताउनुभयो । उहाँले स्याउका प्रविधिपनि के कसो छन्, अन्य उत्पादन जाम जेली सहितका गुणस्तरीय उत्पादन र जुम्लाको सम्भावना सँग जोडिनेछ ।

काश्मिर भ्रमणमा लागेका स्याउ उद्यमी महिलाहरु जुम्लाबाट जहाँजमा नेपालगंज, नेपालगंजबाट गाडिबाट भारतको लखनऊ, लखनउबाट जहाँजमा दिल्ली दिल्लीबाट श्रीनगर हुदै काश्मिर जाने भएका छन् । उहाँले यो भ्रमणमा सहयोग गर्न सफल महिला द्धावारिक श्रेष्ठ, डाक्टर विना प्रधान सहितका महिलाहरु रहेको बताउनुभयो ।

महिलाहरुलाई जुम्लाबाट दोसल्ला लगाएर उद्योग वाणिज्य संघका बरिष्ठ जिल्ला उपाध्यक्ष गणेश रोकाया र अध्यक्ष मायाप्रसाद आचार्यले विदाई गर्नु भएको छ । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोकायाले हिमालयन सहकारीले साना साना काममा जोड दिईएको बताउदै यो भ्रमण सफल महिला स्याउ किसानहरुले भारत र नेपालको स्याउ उत्पादनको अवस्थाको तुलनागरी राम्रा कुरा सिकेर प्रयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । भ्रमणमा सहभागी पाताराीका स्याउ किसान शुभा खड्काले आफुहरुलाई सहकारीले यो अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै सिकेको ज्ञान प्रयोग गरेरै देखाउने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्