OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २०, २०८०जुम्ला,
३३४ पटक

भदौ २० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निर्माणाधित भवनमा काम गर्दै आएका मजदुर तिन तलाको भवनबाट लडेर घाईते भएका छन् ।

बर्दिया जिल्ला घर बताउने ३५ बर्षका मजदुर खुशीराम थारु ३ तलाबाट खसेर घाईते भएका प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते थारुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्द्धका अनुसार निर्माणाधिन भवनमा वसिरहेका मजदुरहरु मध्य विहान पिसाव फेर्न भनेर वाहिर निस्किए पछि खुशीराम ३ तलाबाट खसेका थिए । उहाँका अनुसार घाईते मजदुरको उपचारको बिषयमा समन्वय भईरहेको छ ।

कर्णाली प्रतिष्ठानका अनुसार घाईते खुशीरामको हातको हड्डी एक स्थान र खुट्टाको हड्डी दुई स्थानमा फ्याक्चर भएको र सल्यक्रिया गर्नुपर्ने भएको छ ।
रसुवा कन्सट्रक्सन कम्पनीले ठेक्का लिएर निर्माण भईरहेको प्रतिष्ठानको भवनमा विरामीको विमा नभएर व्यक्तिगत उपचार गर्न अहिले भईरहेको घाईतेका सहकर्मी धनिराम थारुले जानकारी दिनुभयो । धनिरामका अनुसार अहिले सम्म हामीले आफै उपचार गरिरहेका छौ र उपचारका लागि रसुवा कन्सट्रक्सनका ठेकेदारलाई जानकारी दिएको बताउनुभयो । निर्माणाधिन भवनमा ३० देखी ३२ जना मजदुर बस्दै आएका छन् ।

क्यााप्सन ः कर्णाली प्रतिष्ठानको छतबाट खसेर विरामी भएका मजदुर ईमरजन्सीमा तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्