OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १३, २०८० जुम्ला,
४८३ पटक

भदौ १३ गते । प्रसिद्ध तिर्थ स्थल बाजुराको बडिमालिका लागेको जुम्लाको टोलीलाई दुब्यवहार भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार त्यहाँबाट खबर आए अनुसार अज्ञात समुहले मदिरा प्रयोग गरेर क्यामरा खोस्ने तथा ढुंगा हान्न प्रयास गरेको खबर आएको जानकारी दिनुभयो । उहाँले बाजुराको ढाडिठाटा स्थानमा सो घटना भएको भन्ने अपुष्ट खबर आएको बताउनुभयो ।

उहाँका अनुसार अहिले टिम सुरक्षित स्थानमा गईसकेको र उनिहरुको सुरक्षाका विषयमा बाजुरा प्रशासनलाई जानकारी दिईएको छ । नागरिक समाजका संयोजक राजबहादुर महतका अनुसार टोलीमाथीको दुव्यवहार भयो भन्ने छ, त्यो बिषयको भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारलाई अपिल गर्नुभयो । उहाँले दुव्यवहार गर्ने जो कोहीलाई पनि कारवाही गरिनुपर्ने बताउनुभयो ।

पञ्चमीका दिनमा हरेक बर्ष जुम्लाबाट दर्शनका लागि  गएर गरेर १७ दिनमा जम्ला फर्किने चलन रहेको छ । सरकारी टोली गएर भगवतिको दर्शन गर्ने चलन छ । यस पटक जिल्ला प्रशासनका नायव सुब्बा एकराज गिरीको नेतृत्वमा ११ जनाको टोली गएको स्थानीय प्रशासनले खबर गरेको छ । घटनाको बिषयमा थप जानकारी लिईने स्थानीय प्रशासनले जनाएको छ ।

तस्विर फाईल फोटो

प्रतिकृया दिनुहोस्