OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १३, २०८०जुम्ला,
३१७ पटक

भदौ १३ गते । नेपाल कम्यूनिष्ट पार्टी जुम्लाको रुपान्तरण अभियानका लागि जुम्लाका ८ वटै तह र ६० वटा वडामा ईन्चार्ज खटाईएका छन् ।
माओवादी केन्द्र जुम्लाको विस्तारित वैठकमा पार्टी केन्द्र र प्रदेशले सर्कुलर गरेको निर्देशन अनुसार जुम्लाको सवै स्थानीय तह र वडापालिकामा कमाण्डर खटाईएको जानकारी गरिएको छ । नेकपा माओवादी केन्द्र जुम्लाको तातोपानी लिताकोटमा सम्पन्न विस्तारित वैठकमा माओवादी जिल्ला देखी केन्द्र सम्मका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा प्रधानमन्त्रीका प्रशासन सल्लाहकार रामदिप आचार्य, ३ महिने अभियानका ईन्चार्ज छिमी लामा सहित १० जना केन्द्रीय कमिटिका सदस्यहरुको वैठकमा उपस्थित रहेको थियो ।

अभियानमा यस पटक धेरैजसो अन्तरजिल्लाका नेताहरुले जिल्ला र पालिका स्तरका नेताहरुले जुम्लाको पार्टी रुपान्तरण अभियानको अगुवाई गर्ने छन् । बिस्तारित वैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओवादीले हिजोका सवै गल्ति कमजारी सुधारेर अगाडि बढ्न र जुम्लालाई माओवादीको किल्ला स्थापित सवै माओवादी र समर्थकहरुले एक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हामी त्यो वेला एउटै संकल्प वोकेर एउटै ठाउँमा हिड्ने, एउटै खाना खाने र जनयूद्ध शुरु गर्यौ, धेरै साथीहरु हात हल्लाउदै, रातो झण्डा हल्लाउदै विदा भएपनि फेरी भेटिएनन् । वाँचे सँगै हुनेछौ तर मरे एउटै चिहान हुने भन्ने संकल्प हराएको छ । आज त्यही सँगै वसेको कमरेडले एकले अर्कोलाई घृणा गर्ने, दुश्मनी गर्ने, आत्मियताको डर हराएको छ । एकले अर्कोलाई विष हाल्छ भन्ने डर यो किन भयो । अव यो कुरा सच्याउन केन्द्रीय किटिले गरेको विशेष माओवादी रुपान्तरण ३ महिने अभियान शुरु भएको हो । अव म र मेरो कमजोरी के र कसरी सच्चिने अभियान पनि भएकाले सवैले साथ दिनुपर्छ । आचार्यले आज माओवादी र विकासका सकारात्मक एजेण्डामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नु भएको छ, प्रधानमन्त्रीले भन्नुभएको छ, आफु क्रान्तिको नायक र देशको प्रधानमन्त्रीको हिसावले कमीकमजोरी सुधार्छु, रुपान्तरित हुन्छु तर तपाई नि ? भनेर सोध्नु भएको छ ।

अभियानका ईन्चाज तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता छिमी लामाले पार्टीले जुम्लामा आफुलाई ३ महिने अभियानका लागि पठाईएको मात्रै हो तर अभियानको साथ स्थानीय स्तरका नेताहरुले मात्रै गर्नुपर्ने बताउनुभभो । उहाँले जुम्ला मात्रै नभई धेरै स्थानमा पार्टी भित्रै समस्या भएकाले समस्याको सामाधान गर्न आवश्यक रहको छ । उहाँले अभियानको केन्द्र र प्रदेश पार्टीको स्पष्ट तालिका भएको बताउदै ३ चरणमा ३ महिने अभियान भदौ १६ गते देखी मंशिर १५ गते सम्म संचालन गरिने बताउनुभयो । उहाँले अभियान वडा तहबाट शुरु गरिने बताउनुभयो ।

वैठकमा नेकपा माओवादी पार्टीको रुपान्तरण अभियान, केन्द्र र प्रदेशका निर्णय तथा प्रतिवेदनत पढेर सुनाईएको छ । प्रदेश कमिटि सदस्य भवानी प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

यस्ता छन्, माओवादी रुपान्तरण अभियानका ईन्चार्ज :

माओवादी केन्द्रीय समितिको निर्णयले कर्णालीभरी अन्तरजिल्ला पालिका स्तरमा ईन्चार्ज खटाएको छ, केन्द्रीय समितिलाई पालिकामा र प्रदेश किमिटिलाई वडा तहमा खटाएको हो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुलनारा सहित जनता सँग विशेष रुपान्तरण अभियान कार्यक्रममा जिल्ला र पालिका स्तरका ईन्चार्ज खटाईएको छ । विस्तारित वैठकमा ईन्चार्जहरुले आफ्नो परिचय सहित अभियानको प्रतिवद्धता विषयमा धारण राखेका जिल्ला संयोजक विरबहादुर कुँवरले जानकारी दिनुभयो ।

छिमीलामा : जिल्ला ईन्चार्ज
पालिका ईन्चार्जहरु :
१) नवराज न्यौपाने : कनकासुन्दरी गाउँपालिका
२) प्रभात चलाउने : सिंजा गाउँपालिका
३) गोविन्द तिमिल्सिना : हिमा गाउँपालिका
४) झक्कु प्रसाद घर्ति : तिला गाउँपालिका
५) विरवहादुर रावत : तातोपानी गाउँपालिका
६) रत्न गाह : गुठिचौर गाउँपालिका
७) डा. कलबहादुर रोकाया : पातारासी गाउँपालिका
८) विर्खबहादुर थापा : चन्दननाथ नगरपालिका

माओवादीले यस अघि पहिलो चरणको अभियान २०७९ फागुन १४ देखी २०८० वैशाख १४ सम्म चलाएको थियो । अभियानमा जुम्ला उत्कृष्ट भएको भन्दै प्रधानमन्त्री प्रचण्डले नै कर्णाली प्रदेशको वैठकमा प्रशंसा गर्नु भएको नेता आचार्यले बताउनुभयो । वैठकमा स्थानीय अगुवा नेता कार्यकताले अभिायान सफल वनाउने बिषयमा सफल वनाउन सुझाव दिएका थिए । यसैगरी ६० वडामा पनि ईन्चार्ज खटाईएको र १६ गते एकै पटक उद्घाटन हुने माओवादी जम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्