OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र १२, २०८०जुम्ला,
४२० पटक

भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताउनु भएको छ ।

माओवादी पार्टीले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन गर्ने क्रममा जुम्ला आई पुगेका आचार्यले सरकारले चलाएको सुशासनको अभियान वरु सरकार जान्छ तर अभियान नरोकिने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको जानकारी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यस पटक शुरुवात गरिएको अभियान जोखिम तर दिर्घकालिन रहेको बताउनुभयो । उहाँले शुसासन अभियान संसारमा एकै पटक नसकिने भन्दै यो अभियानमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जुम्लामा पत्रकार सँगको भेटघाटमा उहाँले सवैभन्दा शक्तिशाली जनता भएकाले सुशासन अभियान पार्टी सुदृढ अभियान सँगै प्रचार गर्न उहाँले नेता कार्यकतालाई अनुरोध गर्नुभयो । उहाँले यस पटक माओवादी अन्तरजिल्ला नेतृत्व खटाएर अभियान चलाईने निर्देशन भएकोमा जोड दिनुभयो । उहाँले नागरिकले सुशासन अभियानमा सरकारले गरेका काम छर्ललङ्ग भएकाले भ्रमात्मक कुराको आधिकारिक संचार माध्यामले प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

हरेक नेपालीले जुम्ला पढ्नुपर्ने :
प्रधामन्त्रीका प्रशासनिक सल्लाहकार आचार्यले हरेक नेपालीले जुम्लालाई अध्ययन गर्नु पर्ने बताउदै अभियानको क्रममा खटिएका अतिथि र जिल्लाका नेता कार्यकताहरुले एक पटक गहिरिएर अध्ययन गर्न निर्देशन गर्नुभयो । उहाँले जुम्ला खस सस्कृति र खस भाषाको मुहान भएकाले जुम्लाको महत्व विशेष रहेको बताउनुभयो । त्यसैले जुम्लालाई वदल्नु अगाडि जुम्ला अध्ययन हरेक व्यक्तिले गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले आजको यूग मिडियाको यूग हो । आजको समयमा सवैभन्दा शक्तिशाली मिडिया भएकाले सरकारले चलाएको सुशासन अभियान जनता स्तरमा लैजान मिडियाले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यस पटकको माओवादी पार्टी सुदृढ अभियान अन्तरगत भदौ १२ गते जिल्लाको तातोपानीमा जिल्ला, प्रदेश, वडा स्तरका नेतृत्वहरु, केन्द्रीय सदस्य र जनवर्गिय संगठनको उपस्थितिमा वैठक हुने र भदौ १६ गते देशभर एकै पटक प्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ६ हजार ७४३ वटा वटामा अभियान शुरु गरिने बताउनुभयो ।

क्याप्सन ः प्रधानमन्त्रीका प्रशासकिन सल्हाकार रामदिप आचार्य मिडिया सँग तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्