OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०८०काठमाडौं
१२३ पटक

भदौ ११ गते । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ ।

संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका ईन्चार्ज अग्निप्रसाद सापकोटाको विशेष उपस्थितिमा सम्पन्न बैठकले गण्डकी प्रदेश इन्चार्जमा उपमहासचिव दिपक श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष त्रिभुवन पौडेलको निधन भएपछि सो रिक्त पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।

त्यसैगरी बैठकले संगठनको कमिटी संरचना चुस्त दुरूस्त र कामयावि बनाउन विधान सम्मेलन गर्ने निर्णय गरेको छ जसको लागि उपाध्यक्ष गोविन्द देवकोटाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति पनि निर्माण गरेको छ ।

बैठकमा सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले देशमा राजनीतिक संकट आइरहेको बताउँदै नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमि बन्ने खतरा रहेकोले नेपाली जनताको साथले मात्रै संकटलाई जित्नका लागि जनतालाई मनोवल रुपमा तयार गर्नका लागि सबै जनताका जान अपिल गर्नुभयो ।

जनताको विश्वास जित्नका लागि माओवादी केन्द्रलाई जनतामा स्थापित बनाउनको लागि क्रान्तिकारी, जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टरले एसाल्टको भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।

उहाँले नेपाल र नेपालीलाई मुक्ति गर्नका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकोले गर्दा माओवादीले सञ्चालन गरेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनको लागि सबै लाग्न अपिल गर्नुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग माओवादीसँगको अभियानमा प्रत्येक घरमा गएर जनतालाई प्रशिक्षण गरी माओवादी आन्दोलनमा जोड्नका लागि जनताको साथै लिनुपर्ने बताउनुभयो । उहाँले माओवादी बाहेक अन्य राजनीतिक पार्टीसँग कुनै भिजन जनतासँग लाग्नु पर्ने बताउनुभयो । उहाँले यो अभियानमा जनताको बीचमा गएर समीक्षा गरी माओवादी कार्यकर्ता, नेताहरु रुपान्तरण हुनु पर्ने बताउनुभयो ।

उहाँले नेपाल विश्वका आफूले प्रतिनिधी सभाको नेतृत्व गर्दा प्रतिगामीहरुले संसद विगठन गरेपनि आफूले बफादार रुपमा लडेको कारणले संसदमा गठन भएकोले गर्दा माओवादी केन्द्र र जनताको विजयी प्राप्त भएको बताउनुभयो । उहाँले सदनमा केपी शर्मा ओलीका प्रगिगामी कदमको विरुद्धमा लाग्दाको स्मरण गर्दै भन्नुभयो–“मैले भगतसिंहको पुस्तक पढेर साथ लिएको साहस लिएको थिए त्यसैले संकटको बेलामा अध्ययन गरी विरहरुको जीवननी पढेर निर्णय लिनुपर्दछ ।”
प्रेस सेन्टरको इन्चार्ज अग्नी सापकोटाले विश्वलाई व्याख्या गर्ने सबैले गरेको बताउँदै मुख्य कुरा बढल्ने भएको बताउँदै रुपान्तरण आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । हाल माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा रहेकको बेलामा सबै तिर उत्साह बढेको बताउनुभो ।

प्रेस सेन्टर पदाधिकारीको बैठकमा प्रेस सेन्टरका सँस्थापक अध्यक्ष तथा प्रेस सेन्टरको सहइन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टरका संस्थापक सदस्य तथा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य लगायतको आतिथ्यता रहेको थियो । बैठकमा उपाध्यक्ष, महासचिव, पदाधिकारी र प्रदेश अध्यक्षहरुले रिपोटिङ गर्नुभएको थियो ।

बैठक भव्यतम उपस्थितिबीच १० घण्टाको विहंगम छलफल र अन्तरक्रियापश्चात महत्त्वपूर्ण निर्णय गर्दै ऐतिहासिक रूपमा सम्पन्न भएको महासचिव सन्तोष पौडेलले बताउनुभयो । महासचिव पौडेलका अनुसार बैठकले संगठनको सुदृढीकरण र विस्तारको ३ महिने र ६ महिने ठोस र मुर्त योजना, कार्यविभाजन तथा कार्यतालिका सहित पत्रकार महासंघ, एकोराब जस्ता साझा संस्थाहरूमा संगठनको नेतृत्वदायी भुमिका निर्माण गर्ने, विचार मिल्ने संगठन र शक्तिसँग एकता, मोर्चा निर्माण गर्ने, पत्रकारका हक हित र अधिकारको पक्षमा आवश्यक आन्दोलनसमेत गर्ने र जनपक्षीय पत्रकारिता मार्फत सरकारको सुशासन र समृद्धिको अभियानलाई साथ र समर्थन दिने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्