OnlinePana

आज : २०८२ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ९, २०८०
३९२ पटक

 

९ भदौ २०८०, शनिबार

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले मुलुकको रक्षा, विकास र समृद्धिका लागि भीष्म प्रतिज्ञा गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको आज काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले मुलुक र जनताको सुरक्षा प्रधान कुरा भएको बताउनुभयो । पछिल्लो समयमा शक्ति राष्ट्रहरुको होडबाजी र उनीहरुले कायम गर्न खोजेको श्रेष्ठतालाई राम्रोसँग बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“जनताको समर्थन पार्टी सञ्चालनको सर्वाधिक ठोस आधार हो । जनताको मन जित्नेले विजय प्राप्त गर्छ । जनताको मन दुखाउनेले देश गुमाउँछ,” उपाध्यक्ष सापकोटाले भन्नुभयो, “यसमा पार्टीसहित सबै संगठनहरु मुलुको विकास, रक्षा र समृद्धि एकतावद्ध भएर लाग्नुपर्दछ ।” उहाँले विचार, नीति, दृष्टिकोण, योजना र कायक्रममा बहस गरेर अगाडि बढ्ने बेला आएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञान आविस्कारले बाँचेको छ । यद्यपि पार्टी संगठन विधि र विचारले मात्र अगाडि बढ्न सक्छ । समयको गति, हाम्रो अभ्यासको प्रगति र विज्ञानको विकासले मात्र विचारको विकास हुन सक्छ । यसबारे बुझ्न हरेक जान्नुपर्दछ र जान्नका लागि अध्ययन आवश्यक हुन्छ ।” लाखौं युवाहरु बाहिरिनु रोजगारी मात्र नभइ देश नै समाप्त पार्ने खोजिएको जिकिर गर्दै पूर्वसभामुख सापकोटाले आत्मनिर्भर मुलुक निर्माणको बलियो आधारका लागि पत्रकारहरुको कलम सबैभन्दा उत्तम माध्यम भएको जनाउनुभयो ।

प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहालले ज्ञान, चेतना र सीपको प्रयोग गरी विचारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनताको मुद्दा प्रेस सेन्टरको प्राथमिकता हुनुपर्ने बताउनुभयो । बैठकमा सेन्टरका अध्यक्ष विष्णु सापकोटाले बैठक छलफल हुने मुद्दा प्रस्तुत गर्नुभएको थियो भने महासचिव सन्तोष पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्