OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ९, २०८०जुम्ला,
२०५ पटक

भदौ ९ गते । कर्णाली भरी आखा उपचार सम्वन्धी सेवा पुरयाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आखा अस्पताल विच सेवा विस्तारका लागि सम्झौता भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्याया मन्त्रालयमा मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा।सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले उक्त सम्झौता उक्त सम्झौता गर्नु भएको कर्णाली स्वास्स्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार शुक्रवार सेवा विस्तारका लागि सम्झौता भएको बताउनुभयो । सम्झौता कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालको सहकार्यले नेत्र रोगसम्बन्धी सम्पूर्ण सेवा प्रतिष्ठानले कर्णाली प्रदेशका विकट गाउँगाउँका जनताले सेवा पाउने विश्वास व्यक्त भएको बताउनुभयो ।

उहाँका अनुसार, ‘दुई अस्पतालबीचको विशेषज्ञ सेवा तथा अत्याधुनिक सेवा विस्तार हुँदा प्रतिष्ठान केन्द्र हो भने अन्य विकट ठाउँमा सेवा प्रवाहका लागि शाखा विस्तार गरी सेवा उपलब्ध हुन्छ ।’आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा रुइतले कर्णाली प्रतिष्ठान अन्र्तगतको आँखा विभागलाई अत्याधुनिक शल्याक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराइने प्रतिवद्धता जनाउनुभयो । उहाँले कर्णाली प्रतिष्ठानसँगै विकटमा आँखा स्वास्थ्यको सेवा विस्तार गरिने छ ।

कर्णाली विज्ञान प्रतिष्ठानले विभिन्न सेवा दिने सन्दर्भमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल तिलगंगा आखा अस्पतालले ‘अब कर्णालीका कुना कुनामा गएर मोतिविन्दू, जलविन्दु, चिनी रोगबाट आँखामा आउने समस्या, आँखाको कम पावर भएका बिरामी सेवा गर्ने सुखद खवर भएको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा.रावलले प्रतिष्ठानमा आँखा स्वास्थ्यसम्बन्धी बहिरंग सेवा सञ्चालन भएपनि अबको ४ महिनामा सहकार्यमा अत्याधुनिक आँखा विभाग स्थापना हुने बताउदै यसका लागि नेपाल सरकार र तिलगंगा आखा अस्पताललाई धन्यवाद दिनुभयो । उहाँले प्रतिष्ठान केन्द्र वनाएर कर्णालीभरी नेत्र सेवा पनि दिईनेछ । प्रतिष्ठानले यस अघि कर्णालीका विभिन्न अस्पतालमा गएर विशेषज्ञ सेवा दिनुका साथै कोरोनाको समयमा चिकित्सक मार्च टोली तथा वाँकेको नेपालगंजमा पनि गएर सेवा दिएको थियो ।

क्याप्सन ः कर्णाली प्रतिष्ठान र तिलगंगा आखा अस्पताल विच कर्णालीमा सेवा दिने विषयमा सम्झौता तस्बिर कर्णाली प्रतिष्ठान

प्रतिकृया दिनुहोस्