OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रतन वड,भाद्र ८, २०८० सिंजा,
४६९ पटक

भदौ ८ गते । विद्यालयको पहुँचमा नरहेका २ वालिका विद्यालय भर्ना गरिएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ मा विद्यालय वाहिर रहेका २ दिदी वहिनीलाई विद्यालय भर्ना गरिएको छ ।

स्थानीय वडा कार्यालय, विद्यालय श्री माध्यामिक विद्यालय चुलेल गाउँ र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल, प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा ति दिदी वहिनीलाई विद्यालयमा भर्ना गरिएको छ ।

वडाध्यक्ष तिर्थ वडका अनुसार आफ्नो वडामा आमा सँग साथमा आएकी दुई दिदीवहिनी विर्मकली कामी र वहिनी अस्मिता कामी विद्यालयमा पढ्न नपाएको खबर पाएपछि विद्यालयमा भर्ना गरिएको हो । वडा कार्यालयले विद्यालय पोसाक उपलव्ध गराई विद्यालयमा किताव र खाजा उपलव्ध गराउने तथा र क्याड नेपाल जुम्लाले कापी कलम उपलव्ध गराउने सुनिश्चतता समेत भएको वडाध्यक्ष वडले जानकारी दिनुभयो ।

केही समय अगाडि प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा भदौ २ गते सिंजा गाउँपालिका सरोकारवाला निकायहरुको उपस्थितिमा रहेको अन्तरक्रियामा ति दिदीवहिनीहरु विद्यालय वाहिर रहेको जानकारी प्राप्त भएको थियो ।

ति वालवालिकाहरुको घर हिमा गाउँपालिका २ मोफ्ला गाउँमा रहेको र आमाले अर्को विवाह गरेर सिंजा रनुखानामा गएपछि उनिहरुको विद्यालयमा पहुँच पुगेको थिएन । छलफलमा पालिकाबाट खाजा छुट्याउने वडाले हिमा ३ बाट जन्मदर्ता ल्याउने, मा वि चुलेलगाउँ स्कुलले भर्ना लिने कुरा भएको थियो । दिदी विर्मकलीले पहिला विद्यालयमा पढ्ने गरेको पाईएकाले कक्षा ५ र वहिनी अस्मितालाई १ कक्षामा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस्