OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०८०सुर्खेत
१६२ पटक

 

७ भदौ २०८०, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानतः तीन तह सहकार्यात्मक प्रणालीको सरकार भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सामािजक विकास मन्त्रायको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले यहाँको शिक्षास्तर अन्य प्रदेश भन्दा पछाडि नै रहेको बताउनुभयो । यसमा प्रदेश सरकार लागि परेको बताउँदै उहाँले संघ सरकारको विशेष सहयोग आवश्यक रहेको जनाउनुभयो ।

“जहाँ समस्या र अभाव छ, त्यहाँ सरकार हुुनुुपर्दछ,” उहाँले भन्नुभयो “यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आम नागरिकलाई खुशी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउने हो ।” ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, साँस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले प्रदेश सरकारले कर्णाली प्रदेशलाई साक्षर प्रदेश बनाउने नीति तथा कार्यक्रम ल्याएकोले संघ सरकारसहितका सरोकारवालाहरुलाई सहयोग गर्न अपिल गर्नुभयो । शिक्षा हरेक क्षेत्रको प्रमुख आधार भएको जनाउँदै उहाँले यसमा सरकारले विशेष जोड दिने तयारीमा लागेको जनाउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणि पौडेलले पहुँचलाई सुनिश्चिता र सबैका लागि शिक्षा भन्ने मूल नारालाई सरकारले अगाडि बढाएको बताउनुभयो । “हिमाली जिल्लामा आवासीय विद्यालयको व्यवस्थापन गर्ने भनिएको छ” महानिर्देशक पौडेलले भन्नुभयो, “ती विद्यालयलाई एक ठाउँमा ल्याएर दरबन्दी सृजना गरी शिक्षकको व्यवस्थापन गरौं र सबैलाई शिक्षाको पहुँचमा ल्याऔं ।” प्राविधिक विद्यालय नपुगेका पालिकामा प्राविधिक विद्यालय स्थापना जाड दिनुपर्ने उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्