OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ६, २०८०सुर्खेत
१३७ पटक

६ भदौ २०८०, बुधबार

कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्यमा जीतबहादुर शाही नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णय अनुसार शाहलाई आज आयोगको सदस्यमा नियुक्त गरिएको हो । उहाँलाई आयोगको (गठन तथा सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद कोईरालाले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रको योग्य एवं दक्ष जनशक्तिका रुपमा मानिने शाह अनुभवी व्यक्ति हुनुहुन्छ । उहाँले आजै आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । कालागाउ–५ सल्यान निवासी उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी ऋषि खनाललाई गएको जेठ २२ गते सदस्यमा नियुक्त गरेको थियो । कर्णाली प्रदेश सरकारले सदस्यद्वय खनाल र शाह नियुक्त गरेसँगै अब आयोगले पूर्णता प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस्