OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८०काठमाडौं
१७१ पटक

४ भदौ २०८०, सोमबार

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार र बेथितिविरुद्धको लडाई सुरु भइसकेको बताउनुभएको छ ।

‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’अन्तरगत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आयोजित तीन महिने अभियान तथा प्रशिक्षण भेलालाई आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध एक्सन चालिएको बताउनुभयो । वर्तमान सरकारको प्रभावकारी कदमले जनतामा निराशा छाएको उहाँको जिकिर थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “परिवर्तनको तागत लिएर आएको माओवादी निरीह जस्तो देखिएको हो यद्यपि यसको बिरासत कमजोर छैन । जब सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध सरकारले आफ्नो एक्सन चालेर देखाइदिएपछि अहिले जनताले माओवादीप्रति विश्वास बढेको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणका दोषीमाथि भएको कारवाहीले सरकार के गर्दैछ भन्ने प्रष्ट्याइसकेको छ ।”

क्रान्ति एवं आन्दोलनमा हरेक पटक परीक्षा दिनुपर्ने इतिहास बिर्सन नहुने बताउनुभएको प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पासपोर्ट, ईजाजतलगायत थुप्रै समस्याहरुमा सरकारले आफ्नो अभिभावकत्व प्रदान गरेको छ । विदेशमा भएका लाखौं नेपालीहरुको भविश्य सुरक्षित गर्न उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । अहिले नै साढे तीन लाख विदेशमा रोजगारका लागि गएका श्रमिकहरु लाभान्वित भएका छन् ।”

उहाँका अनुसार ४० देखि ५० लाखलाई आवद्ध गराइन थालिएको यो कार्य नै सामाजिक न्याय हो । सयौं भनाई भन्दा राम्रो एक्सन लिँदा त्यो शक्तिशाली कार्य हुने बताउँदै उहाँले अब विदेशमा रहेका ४० देखि ५० लाखलाई कोषमा आवद्ध गराएर सामाजिक न्याय दिइने उहाँले दावी गर्नुभयो ।

कसैको दबाब, करकापमा काम नगरिने र जनताको पक्षमा काम गर्नेहरुले कहिले नहार्ने उहाँको भनाई थियो । सरकारले थालेको एक्सन ललिता निवासको जग्गा जनताको हातमा पार्ने अभियान भएकोले गलत गर्नेहरुको कोही आफ्नो कोही नहुने उहाँले बताउनुभयो । महरा र उहाँको छोराको नाम सुन प्रकरणमा जोडिएकोले त्यसका सम्वद्ध निकायलाई अनुसन्धानका लागि खुला राखिएको प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँका अनुसार लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नु भनेकै समाजवाद निर्माणको थालनी हो । समाजवादको धरातल निर्माण गर्ने अभियान भनेकै सुरक्षा कोषको सञ्चालन हो ।

 

प्रतिकृया दिनुहोस्