OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १, २०८०जुम्ला,
१०२ पटक

 

तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो ।

हिंसापीडित महिलालाई इन्सेक, सिफारिस संयन्त्र, आवाज र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको पहलमा आइएनएफ जुम्ला राहत सामग्री प्रदान गरेको हो ।  नेपालीलाई हाल सामान्य राहात प्रदान गरिएपनि दिर्घकालिन रूपमा साेच्नुपर्ने अाईएनफ नेपाल जुम्लाका प्रमुख ईन्द्र विश्वकर्माले बताए ।

अाईएनफले चामल २५ किलोग्रामको दुई प्याक, मासको दाल ४ किलोग्राम, मसुरोको दाल ४ किलोग्राम, हात धुने साबुन ४ वटा, कपडा धुने सावुन ४ वटा र खाने तेल ५ लिटर सहयोग प्रदान भएको सिफारिस संयन्त्रका संयोजक तथा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताउनु भयो ।

यस्तै हिंसा पीडित महिला नेपालीलाई कानुनी प्रक्रियामा जन इन्सेकले ७ हजार रुपियाँ सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनु भयो । उहाँले भन्नुभयो हिंसापीडित महिलाले पतिसँग सम्वन्ध विच्छेद गर्नका लागि कानुनी प्रक्रियामा जान खोज्नु भएको थियो ।

इन्सेकको कानुनी प्रक्रियामा जान सहयोग गरेपछि जिल्ला अदालत जुम्लामा उहाँले सम्वन्ध विच्छेदको मुद्दा दर्ता गराउनु भयो । ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको उहाँले बताउनु भयो । ‘पतिदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उहाँले भन्नुभयो । उहाँ पति जंगे नेपाली भारतमा बस्दै आएका छन् ।

पतिसँग सवन्ध विच्छेद हुने गरी ०८० असार १० गते जिल्ला अदालत जुम्लाका न्यायधिस विष्णुप्रसाद गौतमको इजलासले फैसला गर्नु भएको हो । पतिसँग मासिक ७ हजार रुपियाँ खर्च बापत माग गरेपनि अदालतले मासिक ५ हजार रुपियाँ प्रतिवादीले भराउने गरी अदालतले फैसला गरेको हो । शान्ति नेपालीका बालबच्चालाई पालन पोषणका लागि मासिक खर्च पाँच हजार रुपियाँ अदालतले भराउने फैसला गरेपनि फैसला कार्यन्वयनमा आउने अवस्था देखिएको छैन ।

पतिसँग सबन्ध विच्छेदपछि शान्ति नेपाली दुई बच्चासहित दिदिको घरमा बस्दै आउनु भएको छ । सम्वन्ध विच्छेदपछि दुई बालबच्चाको पालनपोषण र स्वाथ्य शिक्षाका लागि समस्या भएको उहाँले बताउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्